• २०८१ बैशाख १३ बिहीबार

कोपामा बार्सिलोनाको शानदार कमब्याक, सेभिल्लाविरुद्ध आधा दर्जन गोल 

kharibot

काठमाडौँ । बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती भएको क्वाटरफाइनलको अन्तिम लिगमा सेभिल्लालाई ६-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना सेमिफाईनलमा प्रवेश गरेको हो ।

पहिलो लिगमा २-० ले पराजित भएको बार्सिलोनाले दोस्रो लिगमा उत्कृष्ट कमब्याक गर्दै ६-१ को जित निकालेर समग्रमा ६-३ ले विजयी हुदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

बार्सिलोनाको जितमा फिलिप कोटिन्होले दुई गोल गरे भने इभान राकीटिक, लुइस स्वरेज, सर्जियो रोबोर्ट र लियोनेल मेसीले एक एक गोल गरेका थिए । त्यस्तै सेभिल्लाला लागि एक गोल अरनाले फर्काएका थिए ।

पछिल्लो ४ सिजनको कोपा उपाधि लगातार जितेको बार्सिलोनाले यस सिजनमा जितेमा पाँचौ पटक लगातार उपाधि जित्ने  रेकर्ड बनाउने छ । 

सेभिल्लाका बेनेगाले खेलको १३औ मिनेटमा पाएको पेनाल्टी मिस गरेपछि सेभिल्लाको लय बिग्रिएको थियो ।

कोपाको सेमिफाइनलको तालिका अर्को महिनाको लागि रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै