• २०८१ बैशाख ७ शुक्रबार

कोपा इटालीबाट बाहिरियो युभेन्टस 

kharibot

काठमाडौँ । इटालियन कोपाबाट युभेन्टस बाहिरिएको छ ।

गएराती भएको क्वाटरफाइनल खेलमा एटलान्टासँग ३-० ले पराजित हुदै युभेन्टस प्रतियोगिताबाट बाहिरिएको छ ।  एटलान्टाको जितमा डुभान जापटाले २ गोल गरे भने एक गोल टिमोथी कस्टेगेले गरेका थिए ।

यसअघि लगातार ४ पटक कोपा इटालीको उपाधि जितेको युभेन्टस यस पटक क्वाटरफाइनलबाट नै बाहिरएको छ । सिरी ए मा अपराजित रहेको युभेन्टसको यस सिजनमा आफ्नो घरेलु मैदानमा भएको पहिलो हार हो । टच मैदानबाट बाहिर आएको भन्दै युभेन्ट्सका म्यानेजर मास्सीमिलियानो अल्लेग्रीलाई रेफ्रीले रातो कार्ड देखाएका थिए ।

युभेन्टसले अब अर्को खेल सिरी ए मा पार्मासँग खेल्ने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै