• २०८१ बैशाख ८ शनिबार

लिभरपुल बराबरीमा रोकियो, चेल्सीको ठुलो हारले आर्सनललाई फाइदा 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत गएराती भएका खेलमा लिगको शिर्ष स्थानमा रहेको लिभरपुल बराबरीमा रोकिएको छ । लिभरपुल लेस्टर सिटीसँग १-१ गोलको बराबरीमा रोकिएको हो । लिभरपुलका लागि साडियो मानेले एक गोल गरेका थिए भने लेस्टरका लागि ह्यारी मगुईरेले गोल फर्काउदै खेल बराबरी गरेका थिए ।

त्यस्तै गएराती नै भएको खेलमा चेल्सीले बोर्नमाउथसँग अप्रत्याशित हार बेहोरेको छ । चेल्सी बोर्नमाउथसँग ४-० ले पराजित भएको छ । यो हारले चेल्सीको च्याम्पियन्स लिगमा छनौट हुने अभियानमा ठुलो धक्का लाग्ने देखिएको छ । गएको साता अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हुगैनलाई भित्राएको चेल्सीले सिजन कै खराब प्रदर्शन गर्दै हार बेहोरेको छ ।

त्यस्तै टोटनह्यामले वाटफोर्डमाथि २-१ को जित निकाल्दै दोस्रो स्थानमा रहेको म्यान्चेस्टरसँगको दुरी अब २ अंक मात्र बनाएको छ । एकदिन अगाडी सिटी न्युक्यासलसँग पराजित भएपछि प्रिमियर लिगको उपाधि दौड झन् रोचक बनेको छ । यद्यपी लिभरपुल अहिलेपनि सिटीभन्दा ५ अंकले अगाडी रहेको छ । सिटीको हारपछि ७ अंकको स्पष्ट अग्रता लिने अवसरलाई भने लिभरपुलले बराबरीमा रोकिएर गुमाएको छ ।

अब प्रिमियर लिगमा २४ खेल सकिदा लिभरपुल ६१ अंकसहित शिर्ष स्थानमा छ भने म्यानचेस्टर सिटी ५६ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै टोटनह्याम ५४ अंकसहित तेस्रो स्थानमा छ भने आर्सनल ४७ अंकसहित चौथो र चेल्सीपनि ४७ अंकसहित नै पाचौ स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेड पनि पछिल्लो खेलमा बर्नलीसँग २-२ गोलको बराबरीमा रोकिएपछि छैठौ स्थानमा नै ४५ अंकसहित चित्त बुझाएको छ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै