• २०८१ बैशाख ७ शुक्रबार

मेल्बर्नमा नेपाल आईडल टप सिक्सको कन्सर्ट

kharibot

सिड्नी । आगामी फेब्रुअरी ३ तारिखमा आयोजना हुने नेपाल आइडल मेल्बर्न कन्सर्टको तयारी सकिएको आयोजक संस्थाका प्रमुख विभुषण जोशीले बताएका छन् । कन्सर्टका लागि कलाकारको समुह फेब्रुअरी २ अर्थात् शनिबार मेल्बर्न पुग्नेछन् ।

नेपाल आईडलका विजेतासँगै उत्कृष्ट ६ का प्रतियोगीहरुले अष्ट्रेलियाको पर्थ र ब्रिस्बेनमा कन्सर्ट गरिसकेका छन् । दुवै कन्सर्टलाई सन्तोषजनक रुपमा हेर्न सकिन्छ ।  मेल्बर्न कन्सर्टलाई भने अझ सशक्त र धेरै दर्शकहरुको सहभागिता गराउन आयोजक प्रयासरत छ ।

आयोजक जोशीका अनुसार तीन सय टिकट बिक्रि भैईसकेको र दुई सय टिकट बुकिङ रहेकाले अहिले सम्मको ग्रस टिकट पाँच सय गएको बताए । तर,आयोजकको टार्गेट भने छ सय प्लस रहेको पनि उनले बताए ।

स्मार्ट एक्सेस इन्टरटेण्मेण्टले आयोजना गरेको नेपाल आईडलको मेल्बर्न कन्सर्टमा नेपाल आईडल २ का विजेता रबि ओड सहित बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारीसहित पवन गिरीले लाईभ कन्सर्ट दिने भएका छन् ।

आयोजकका अनुसार यस पटकको नेपाल आईडलको कन्सर्ट भब्य हुने र मेल्बर्नबासी नेपालीहरुको उल्लेख्य सहभागिता रहने दाबी गरेका छन् ।गत महिना नै कन्सर्टको अर्ली बर्ड टिकट समेत सोल्ड आउट भएको थियो । अहिले प्रिसेलको टिकट बिक्री भइरहेको छ । २५ डलरको प्रिसेलको टिकट कन्सर्टकै दिन डोरमा किन्दा ३५ डलर पर्नेछ । 

यस पटकको नेपाल आईडलको कन्सर्टलाई रिमा विश्वकर्माले संचालन गर्दै आएकी छिन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै