• २०८१ बैशाख ७ शुक्रबार

सशस्त्र प्रहरीद्वारा ५ हजार भारतीय चल्ला नष्ट

kharibot

बारा । बारा जिल्ला स्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प जीतपुरले करिब तीन लाख रुपैयाँ बजार मूल्य बराबरको अवैध भारतीय कुखुराको चल्ला सहिँत तीन जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान सशस्त्र प्रहरी बलको गस्ती टोलीले चेकजाँचका क्रममा भारतबाट अवैध रुपमा नेपाल ल्याई रहेको अवस्थामा सो चल्ला बरामत गरी नष्ट गरेको हो । 

विशेष सूचनाको अधारमा खटेको सशस्त्र प्रहरीको टोलिले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.७ बाट करिब तीन लाख बराबरको सो चल्ला पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बेस जीतपुरका सशस्त्र प्रहरी निरीक्षक रामबहादुर बस्नेतले जानकारी दिएका छन् । 

उनले परवानीपुरबाट हेटौंडा गईरहेको ना.५ख ६५०९ नम्बरको मिनि ट्रकमा जाँच गर्दा पाँच हजार वटा चल्ला, आनटेष्ट १ थान मोटरसाइकल र ३ जना व्यक्ति पक्राउ गरिएको समेत जानकारी दिए । 

सशस्त्र प्रहरीले स्थानीय अगुवा, पशु क्यारेन्टाइन पथलैयाका प्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा बरामद ती चल्लालाई खाल्डोमा पुरेर नष्ट गरेको छ भने पक्राउ परेको ट्रक, मोटरसाइकल र ३ जनालाई वीरगञ्ज भन्सार कार्यालय पठाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै