• २०८१ बैशाख ७ शुक्रबार

क्लासिक टेकको महा झट्का अफर सार्वजनिक 

kharibot

काठमाडौँ । ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले उपभोक्ताहरुका लागि “क्लासिक टेकको महा झट्का अफर” सार्वजनिक गरेको छ ।

जसअन्तर्गत बार्षिक ग्राहकले क्लासिक टेकको घण् एमबीपीएस इन्टरनेट सेवा ४३ प्रतिशत छुटमा प्रति महिना मात्र ७ सय ८६ रुपैयामा उपभोग गर्न पाउने छन ।  साथै कम्पनीका अनुसार यो अफर अन्तर्गत नयाँ उपभोक्तालाई विना डिपोजिट निशुल्क जडान र निशुल्क फाइवर वायर समेत उपलब्ध गराइने छ ।

यो ओफर घरेलु ग्राहकलाइ सिमित अबधिको लागि उपलब्ध हुनेछ । साथै ४०एमबीपीएस र ६० एमबीपीएस का प्याकेजहरुमा पनि बिशेष छुट दिएको छ ।

यस कम्पनीको फाइबर इन्टरनेट सेवा विश्वकै उत्कृष्ट जीपोन प्रबिधिमा आधारित छ । साथै प्रख्यात एप्लिकेसनहरु जस्तै फेसबुक, गुगल अकमाई आदिका सरभरहरु आफैले होस्ट गरेका छ भने इन्टरनेटको अन्तरराष्ट्रिय   व्याण्डविथ आफैले विदेशबाट विभिन्न नाकाहरुबाट, ँष्दभच को माध्यमबाट आपूर्ति गरेको छ ।

इन्टरनेट सेवालाई गुणस्तरीय बनाउन लागि परेको यस संस्थाले छोटो समयमा नेपाल को ७४  जिल्ला मा आफ्नो संजाल फैलाईसकेको छ भने २० भन्दा बढी साखाहरु बाट सेवा प्रदान गर्दै  धेरै ग्राहकहरुको मन जित्न सफल भइसकेको छ ।


 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै