• २०८१ बैशाख १३ बिहीबार

पाटन दरबार स्क्वायर पुनर्निर्माणले गति लिदै (फोटो फिचर)

kharibot

काठमाडौं । पाटन दरबार स्क्वायर पुनर्निर्माणले गति लिएको छ ।

२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पको कारण क्षतिग्रस्त बनेको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रको पुनर्निर्माणले गति लिएको छ । पुनर्निर्माणमा झन्डै ६० प्रतिशत पुराना काठ र अन्य सामग्री प्रयोग हुने भएको छ। भूकम्पपछिको पुनर्निर्माणका क्रममा पुरातात्विक महत्व कम हुन नदिन प्रयोग गर्न सकिने काठका कलात्मक भागलाई पुनप्र्रयोग गर्न लागिएको हो ।

काठसँगै झिङ्गटी, इँट्टालगायतको सामग्रीे पुनप्र्रयोग गर्न सकिने पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले बताएको छ ।

भूकम्पका समयमा क्षति पुगेका स्मारकका महत्वपूर्ण भागको अहिले मर्मत भइरहेको छ। सम्पदाको पुनर्निर्माण गर्दा पुरानो स्वरुप बिग्रन नदिने कुरामा ध्यान दिइने भएकाले ,प्रयोग हुनेसम्मका पुरानै र प्रयोग गर्न नसकिने अवस्था भएमात्र स्वरुप नबदलिने गरी नयाँ सामग्रीको प्रयोग हुने बताइएको छ।

  • पाटन दरबार क्षेत्रका तस्बिरहरू :  








  • तस्बिर : प्रकाश ओझा/खरीबोट 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै