• २०८१ बैशाख १२ बुधबार

शैली थिएटरमा दशौं राष्ट्रिय बाल नाटक महोत्सव

kharibot

काठमाडौं / शैली थिएटर, रुसि सास्कृतिक केन्द्र र ईसानले आयोजना गरेको दशौं राष्ट्रिय बाल नाटक महोत्सव सकिएको छ । उक्त कार्यक्रममा विभिन्न ६ विधामा उत्कृष्ट हुनेलाई पुरस्कार, शिल्ड र मायाको चिनो दिइएको थियो । 

महोत्सवमा शैली थिएटर उत्कृष्ट अभिनेता पुरस्कार होलि एन्जल्स स्कुलको प्रस्तुतिमा मन्चन भएको “ठुलो मान्छे“ का लागि संदेश गिरि र स्व. रेश्मी प्र. सापकोटा उत्कृष्ट अभिनेता पुरस्कार भक्तपुर निस्ट स्कुलको प्रस्तुतिमा मन्चन भएको “मेनुका“का लागि दिया खड्काले प्राप्त गरिन् ।

दुवै जनाले दश हजार, प्रमाणपत्र र शिल्ड पुरस्कारस्वरूप प्राप्त गरे । सुमन कुइँकेल बरालले क्रियटिभ स्कुलको नाटक “डम्बरी“ का लागि स्व. चित्रबा. बुढाथोकीले उत्कृष्ट निर्देशक पुरस्कार प्राप्त गरे । काठमाडौं विनायक स्कुलको प्रस्तुति रहेको “टाईको गाठो'ले अन्तोंन चेकोभ उत्कृष्ट नाटक पुरस्कार जितेको छ । यो दुवै पुरस्कारको रासी सात/सात हजार, शिल्ड र प्रमाणपत्र  रहेको छ ।  

उत्सब सिग्देलले रिडर्स इन्टरनेसनलमोडेल स्कुलको “बलेको सपना“को लागि बालकोसेली प्रोत्साहन पुरस्कार र भावना मगरले स्व. रामकसर बोगटी पब्लिक च्वाइस पुरस्कार प्राप्त गरे । सिग्देल र मगर दुवैले पाच/पाच हजार, प्रमाणपत्र र शिल्ड प्राप्त गरे ।

बाल साहित्यकार एबम समापन समारोहका प्रमुख अतिथि, शैली थिएटरका अध्यक्ष नबराज बुढाथोकी, ईसान अध्यक्ष बालमुकुन्द कार्की, बिशिस्ट कलाकार रमेश बुढाथोकी, सानू ताम्राकार, पदम सापकोटा,तारा केसि, निर्णायकहरु पुरु लम्साल, स्मृति ढुंगाना, र सरोज अर्यालले बिजेतालाई पुरस्कार र सहभागिलाइ प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा कलाकार रमेश बुढाथोकी,साहित्यकार पुरु लम्साल, निर्णायक टोलीका सरोज अर्याल, शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकी, काठमाडौं महानगरपालिकावडा ९ का सदस्य राम राईलगायतले मन्तव्य दिएका थिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै