• २०८१ बैशाख १२ बुधबार

गजल 

kharibot

बिबशताको चित्ता माथी जलिरहेछु
मृतसरी काचो काठ झै बलिरहेछु 

जिन्दगिको बगैचामा आशुबिज छरीएपछी
गल्लिहरूमा एकतमास ले फलिरहेछु 

अपेक्षाको पर्खालमा जिन्दगिलाइ अड्याएर
निसास्सिएको भरीया झै  गलिरहेको छु 

कोपिला मै थिचेपछी चोटैचोटको भारले 
अन्धकारको साम्राज्यमा   ढलिरहेछु 

थाहा छैन खै कहाँ पुर्याउछ समयले 
बिना बेगको हुरी बनि चलिरहेछु ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै