एक साँझको अतिथी (कविता)

खरीबोट

म सानै छँदा स्कुलमा शिक्षकले
' सामाजिक शिक्षा ' नामको 
पुस्तकमा पढाउनुहुन्थ्यो - भाषा र सँस्कृति...!
- देश र राजनीति ..!

बारम्बार भन्नुहुन्थ्यो सर,
सगरमाथाको देश नेपाल
भगवान बुद्धको जन्मस्थल
वीरगोर्खालीको देश नेपाल
सुन्दर, शान्त, विशाल.......!

त्यहीबेला सिकेको हो उस्ले 
देशलाई माया गर्न !
घुम्दै जाँदा घडीको सुई
बढ्दै जाँदा जीम्मेवारीको काँध
यो समयलाई एकैछिन
मुठ्ठीमा बाँध्न नसकेपछि ऊ
एक झोला सपनासँगै
'आइ लभ नेपाल' लेखेको टिसर्ट लगाएर
तरेको हो समुन्द्र – आकाङक्षाको तुइनबाट !

लामो समयपछि 
हिजो देश हसाउन आफु रुने उ
आज देश रुवाउन आफु हाँस्दै
पिठ्युँमा एक झोला सौगात बोकेर
आइपुगेको छ ;
'आइ लभ लण्डन' लेखिएको टिसर्ट भिरेर
यो देशमा  - एक साँझको अतिथीझैँ 
यानिकी उसलाई भोलि बिहानै
दौडनु छ हतार - हतार : उत्तरआधुनिक समयसँग !

बी. एन. ढकाल
अरुण गाउँपालिका-५, भोजपूर।
 

सम्बन्धित समाचार

म तिमीलाई सरकार मान्दिन (कविता) 

अहँ! म तिमीलाई सरकार मान्दिन । मैले कविता लेख्दै गर्दा मेरो कलमको मसि सकिन्छ अनि कलम किन्न जाँदा ७ रुपैँयाको कलममा कर लागेर १० रुपैयाँ हुन्छ भने म तिमीलाई सरकार मान्दिन । म जस्तै जनताहरुले

राष्ट्रिय कविता महोत्सवः धादिङका प्रभास प्रथम

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको  ६२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम भएका छन् । उनले ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रस्तुत गरेका थिए

एब्स्ट्रयाक्ट आर्ट (कविता)

सुदूर अतितको एक साँझ उही घुम्ति सडकको प्रथम घुम्तिको बाँया किनारमा बसी आफ्नै धोकेवाज प्रेयसीको यादमा लक्ष्यविमुख जिन्दगीको मौन परिभाषा खोजिरहेथ्यो एउटा मान्छे बलिरहेको चुरोट, उँडिरहेको धुँवा अनि फैलिरहेको गन्धमाझ     मौनताको बैकालभित्र आफ्नै आवाजले परिचय गुमाएको पल मान्छेहरू हिँडेपनि, बहानहरू गुँडेपनि कति

एकादेशमा रुखहरू थिए (कविता)

एकादेशमा रुखहरू थिए ।   सबेरै ती रुखहरू मुस्कुराउँदै ब्यूँझन्थे अनि ब्यूँझाइदिन्थे सपनीलाेक पुगिसकेका चराहरूलाई ।   चराहरू पनि मुस्कुराउँदै ब्यूँझन्थे अनि अलाैकिक गीत गाउँथे- रुखहरूकाे हरियालीकाे रुखहरूकाे शीतलताकाे रुखहरूकाे प्रभुत्वकाे रुखहरूकाे सङ्घर्षकाे रुखहरूकाे आन्दाेलन र विद्राेहकाे ।   रुखहरू चराहरूकाे गीत सुनेर मन्त्रमुग्ध हुन्थे आभार प्रकट गर्थे


z