• २०८१ बैशाख ८ शनिबार

रोनाल्डोको २ गोलका बाबजुद युभेन्टस बराबरीमा रोकियो

kharibot

काठमाडौँ । यसै साता कोपा इटालीबाट बाहिरिएको युभेन्टस इटालियन सिरी ए मा पार्मासँग बराबरीमा रोकिएको छ ।

गएराती भएको खेलमा युभेन्टस पार्मासँग ३-३ गोलले बराबरीमा रोकिएको हो । युभेन्टस ३-२ अगाडी रहेको अवस्थामा खेलको इन्जुरी समयमा पार्माले गोल गर्दै युभेन्टससँग अंक खोसेको हो ।

पार्माका लागि आर्सनलका पुर्व स्टार गर्भिन्होले दुई गोल गरेका थिए भने एक गोल बरिल्लाले गरेका थिए ।

त्यस्तै युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने रुगानीले एक गोल गरेका थिए । रोनाल्डोले यस खेलमा २ गोल सँगै सिरी ए मा आफ्नो गोल संख्या १७ पुर्याएका छन् ।

यो बराबरी सँगै युभेन्टसको सिरी ए मा अपराजित यात्रा भने कायम रहेको छ । युभेन्टसको २२ खेलमा ६० अंक भएको छ भने सिरी ए मा २२ खेलमा ६० अंक बनाउने अहिलेसम्मको दोस्रो क्लब बनेको छ । यसअघि २००६-७ मा इन्टरमिलानले २२ खेलमा ६० अंक बनाएको थियो ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै