• २०८१ बैशाख ७ शुक्रबार

चेल्सीको जितमा हुगैन र हजार्डको २-२ गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले हडर्सफिल्ड टाउनमाथि फराकिलो जित हासिल गरेको छ । गएराती भएको खेलमा चेल्सीले हडर्सफिल्डलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा जनवरी ट्रान्सफरमा चेल्सीआएका अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हुगैनले २ गोल गरेका छन् भने इडेन हजार्डले पनि २ गोल गरेका छन् । त्यस्तै डेभिड लुइजले एक गोल गरेका छन् ।

गत बुधबार बोर्नमाउथसँग ४-० ले पराजित भएको चेल्सीलाई हुगैन र हजार्डले उत्कृष्ट कमब्याक गराएका हुन् । हुगैनले चेल्सीको घरेलु मैदानमा आफ्नो प्रिमियर लिग डेभ्यु गर्दै २ गोल गरेर उत्कृष्ट सुरुवात गरेका छन् ।

जितपछि चेल्सीको २५ खेलमा ५० अंक भएको छ भने लिगको चौथो स्थानमा रहेको छ । चेल्सीले आगामी आइतबार म्यानचेस्टर सिटीसँग खेल्ने तालिका रहेको छ । 
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै