• २०८१ बैशाख ५ बुधबार

५जी नेटवर्कमा सजिलै ह्याक हुन सक्छ प्रयोगकर्ताको डाटा : शोध 

kharibot

काठमाडौं । हाल विश्वभर इन्टरनेटको स्पीड बढाउने होडबाजी चलिरहेको छ । ५जी नेटवर्कको परीक्षण विश्वभर नै भइरहेको छ । यो वर्षको अन्त्यसम्म यो सेवा विश्वभरका मानिसले प्राप्त गर्ने अनुमान छ । 

सामसुङ, हुवावेजस्ता स्मार्टफोन निर्माता कम्पनी पनि ५जी नेटवर्कलाई सपोर्ट गर्ने फोन बनाउने तरखरमा छन् । आगामी फेब्रुअरी २४ मा स्पेनमा आयोजना हुने एमडब्ल्यूसी २०१९ मा ५जी सपोर्ट गर्ने स्मार्टफोन सार्वजनिक हुँदै छन् । 

यद्यपि, ५जी नेटवर्कलाई लिएर केही चिन्ता पनि व्यक्त गरिएको छ । विशेषतः प्रयोगकर्ताको व्यक्तिगत जानकारीको सुरक्षालाई लिएर विशेषज्ञहरु चिन्तित भएका हुन् । विशेषज्ञहरुका अनुसार ५जी नेटवर्कको माध्यमले प्रयोगकर्ताको डाटा ह्याकरहरुले सजिलै ह्याक गर्न सक्छन् । 

टेक्निकल युनिभर्सिटी अफ बर्लिन, ईटीएच जुरिख र नर्वेको सिनटेफ डिजिटलले गरेको एक अनुसन्धानमा ५जी नेवर्कमा प्रयोगकर्ताको प्राइभेसीबारे चिन्ता व्यक्त गरिएको छ । ५जी नेटवर्कमा फोन सुरक्षित तरिकाले सेल्युलर नेटवर्कसँग कनेक्ट गर्न नसकिने शोधमा उल्लेख छ । 

ह्याकरहरुले प्रयोगकर्तालाई ५जी एयरवेब्सको माध्यमले सजिलै ह्याक गरी उनीहरुको मोबाइलबाट कुनै पनि व्यक्तिगत जानकारी सजिलै एक्सेस गर्न सक्ने बताइएको छ । यो सुरक्षासम्बन्धी परीक्षण हाल सञ्चालनमा रहेको ४जी नेटवर्कमा गरिएको हो । शोधकर्ताहरुका अनुसार ५जी नेटवर्कको प्रयोग सञ्चालनमा आएपछि ह्याकिङको समस्या तीव्र गतिमा बढ्ने शोधकर्ताहरुले बताएका छन् । 

५जी नेटवर्कको यो समस्या धेरै पहिला नै खोजी गरिएको हो । ५जी सार्वजनिक हुनुभन्दा अगाडि नै शोधकर्ताहरुले यो समस्याको समाधान निकाल्ने अपेक्षा गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै