• २०८१ बैशाख १२ बुधबार

श्रीकृष्ण प्रणामी युवा परिषद्को पञ्च दिवसीय कार्यक्रम सम्पन्न

kharibot

काठमाडौँ । श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको २९ औँ स्थापना (माघ १८) दिवसको अवसरमा माघ १६ देखि २० सम्म आयोजित पञ्च दिवसीय कार्यक्रम सम्पन्न भएको छ ।

प्रतियोगितामा वाराका सुभास तिमिल्सिना प्रथम, काठमाडौंका  सुभास तिमिल्सिना द्वितीय र झापाका प्रतिक भट्टराई तृतीय स्थान हासिल गरे । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने उत्कृष्ठ प्रतियोगिलाई क्रमशः रु. १० हजार, ७ हजार र रु. ५ हजार नगद पुरस्कार, ट्रफि सहित कृष्णमणि दिपा प्याकुरेल राष्ट्रिय भक्ति सङ्गीत पुरस्कारबाट सम्मान गरिएको छ ।

पुरस्कारको कोषको संरक्षमा  झापा (हाल इटहरी, सुनसरी) निवासी श्री गणेश प्याकुरेल र श्रीमती पूर्णिमा प्याकुरेल  रहेका छन् । प्याकुरेल दम्पतीले सो पुरस्कार आफ्ना माता पिताको नाममा प्रदान गरेका हुन् ।

कृष्ण प्रणामी युवा परिषद् नेपालको स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष यो प्रतियोगिता ३ चरणमा सञ्चालन हुने गर्दछ । यस वर्ष पनि झापा, सुनसरी, रौतहट, चितवन, वर्दिया, काठमाडौं गरी ६ स्थानबाट करिब ६० जना प्रतियोगि सहभागिबाट २२ जनाको छनौट गरी दोश्रो चरणको कार्यक्रममा २२ जनाबाट उत्कृष्ठ १० जना छनौट  गरी  सनिबार  १० जना प्रतिस्पर्धिमध्येबाट उत्कृष्टतम ३ जना छनौट गरी पुरस्कार सहित सम्मान गरिएको हो ।

गायन क्षेत्रका नव प्रतिभावहरुको खोजी गरी सम्मान गर्ने र भक्ति सङ्गीत क्षेत्रमा लाग्न उत्प्रेरित गर्ने उद्देश्यले परिषद्ले यो कार्यक्रम २०५५ साल देखि शुरु गरेको हो  ।

यसै गरी श्री कृष्ण प्रणामी युवा परिषद्ले २०५६ साल देखि सञ्चालन गरेको प्रणामी समाजका एस ई ई (तत्कालिन एस एल सी) परीक्षामा सर्वउत्कृष्ट नतिजा हासिल गर्ने छात्रा छात्रलाई कमलकृष्ण मणिकुमारी स्मृति स्वर्ण पदक तथा नगद पुरस्कारबाट प्रत्येक वर्ष सम्मान गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष स्थापना दिवसको अवसरमा २०७४ सालको एसईई परीक्षामा प्रणामी समाजका सर्वउत्कृष्ट छात्रा चितवनका ह्रितिका शर्मा, र छात्र शशि अधिकारी, कमलकृष्ण मणिकुमारी स्मृति स्वर्णपदक र जनही रु. १० हजारबाट नगद पुरस्कारबाट सम्मान  गरिएको छ ।

यस पुरस्कार कोषका संरक्षक श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका निवर्तमान अध्यक्ष  मदनकुष्ण शर्मा र श्री कृष्ण प्रणामी वाईजुराज महिला समितिका अध्यक्ष श्रीमती शारदा शर्मा रहेका छन् । उनीहरुले मातापिताको स्मृतिमा यो पुरस्कार कोषको स्थापना गरेका हुन् ।

यसैबीच श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल काठमाडौं जिल्ला कार्य समितिको आयोजनामा हिंसारहित दुव्र्यशनमुक्त शाकाहार समाज निर्माण गरौं भन्ने सन्देश सहितको सचेतनामूलक हाल म्याराथुन कार्यक्रम काठमाडौं कोटेश्वर विहान ७ बजे शुरु भई १० गते समापन गरिएको छ ।

कोटेश्वर, तीनकुने, माईतिघर, थापाथली, कुपण्डोल, नविल बैंक चोक, पुन थापाथली, त्रिपुरेश्वर, कालीमाटी, कलंकी, वल्खु, सानेपा, सातदोबाटो, ग्वार्को, कोटेश्वर चोक हुँदै पुन तीनकुनेमा पुगी २१ किलोमिटरका हाफ म्याराथुन सम्पन्न भएको छ ।

म्याराथुनमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी वलको विभागीय टिमबाट २८ जना सहित करिब ३०० जना धावक÷सहभागिहरुको उपस्थिति रहेको थियो । म्याराथुनमा नेपाली सेना, त्रिभुवन आर्मी क्लवका जर्सी नंं.३०३ का  कल्याण वानिया प्रथम, त्रिभुवन आर्मी क्लवका  हरिकुमार रिमाल (३०२) द्वितीय, त्रिभुवन क्लवकै  राजन रोकाय (३०४) ले तृतीय स्थान हासिल गरेका छन् ।

यसैगरी हाफ म्याराथुनमा सशस्त्र प्रहरी वलका सन्तोष विक्रम विष्ट (१७६) ले चौथो, आर्मी क्लबका  जुनेश खड्का( १२९) ले पाँचौ स्थान र आर्मी क्लवका नै नरेन्द्र सिंह रावत (३०१) ले छैठौं स्थान हासिल गरेका थिए । सो म्यारथुनमा प्रथम, द्वितीय, तृतीय, चतुर्थ, पाँचौ र छैठौं स्थान हासिल गर्ने विजयी धावकलाई क्रमशः रु ३० हजार, २० हजार, १५ हजार, १० हजार, ७ हजार र ५ हजार नगद, कदरपत्र र पदकले सम्मान  गरिएको छ  ।

कार्यक्रमका प्रमुख अतिथि संघीय संसदको सदस्य माननीय श्री सरिता न्यौपाने थिइन भने कार्यक्रमको विशेष अतिथिहरु  १०८ अमृतराजजी महाराज,  १०८ टहल किशोर महारज, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका अध्यक्ष  श्याम के. सी., समस्त महाजन मुम्बाईका हिरालाल जैन, नेपाल जैन परिषद्का अध्यक्ष फूलकुमार लालवणी रहेका थिए  ।

कार्यक्रममा श्री कृष्ण प्रणामी सेवा समितिका पूर्व तथा वर्तमान केन्द्रीय, जिल्ला तथा एकाई समितिका पदाधिकारीहरु, श्री कृष्ण प्रणामी वाईजुराज महिला समितिका केन्द्र, जिल्ला र एकाई समितिका पदाधिकारीहरु, युवा परिषद्का पूर्व एवं वर्तमान सल्लाहकार एवं केन्द्र, जिल्ल तथा प्रारम्भिक समितिका पदाधिकारीहरु, नवतनधाम मन्दिर सञ्चालक समितिका पदाधिकारीहरु, पत्रकार, सरक्षाकर्मी, साधु सन्त प्रचारक, सहिंसावादी र परोपकारी संघ संस्थाका प्रतिनिधिहरु लगायत हजारौ संख्यामा सहभागिहरुको उपस्थित रहेको थियो । कार्यक्रम परिषद्का केन्द्रिय अध्यक्ष नमराज ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा काठमाडौं जिल्ला अध्यक्ष श्री भरत प्रसाद मैनालीले चुनौतिपूण हाफ म्याराथुन खेल सम्पन्न  गर्न श्री कृष्ण प्रणामी युवा परिषद् केन्द्रिय समिति, प्रमुख एथलेटिक्स प्रशिक्षक  विक्रम जंग थापा र श्री कृष्ण प्रणामी सेवा समिति नेपालको सहयोग र निरन्तर अनुगमन एवं सुझाव सल्लाहबाट मात्र सम्भव भएको वताए ।

कार्यक्रमले नेपाली समाजमा व्यप्त हिंसा, हत्या र दुव्र्यसनी विरुद्ध सचेतनाको लागि टेवा पुर्याउनेमा विश्वस्थ हुँदै यो  कार्यक्रम परिषद्को स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष आयोजना गरिने जानकारी दिए । कार्यक्रमका विशेष अतिथि श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्षले खेलकुद, भक्ति सङ्गीत प्रतियोगिता लगायतका रचनात्मक कार्यले युवाको समग्र क्षमता विकास र सामाजिक र सांस्कृतिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने वितार व्यक्त गरे । कार्यक्रमको विशेष अतिथि  १०८ टहल किशोर महाराजले हाफ म्याराथुन कार्यक्रमको सिठी फूकेर प्रारम्भ गरेका थिए । विशेष अतिथि १०८ अमृतराज महाराजले भक्ति सङ्गीत प्रतियोगिताको शुरुवात गर्दै युवाको कार्यक्रमको खुलेर प्रसंसा गरेका थिए  ।

यसै गरी भारत मुम्बाईबाट आएका  समस्त महाजनका  हिरालाल जैनले नेपालमा भईरहेको अंिहंसा एवं साकाहार अभियानको प्रगतिवारे पूर्ण सन्तुष्ठ हुँदै आगामी दिनमा युवा परिषद्सँग मिलेर अभियानलाई अझ व्यापक  गर्न आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

नेपाल जैन परिषद्का अध्यक्ष  फूल कुमार ललवाणीले पनि युवा परिषद्सँग मिलेर मानिसको मन परिवर्तन गर्ने अहिंसावादी आन्दोलनमा आगामी दिनमा अझ ससक्त ढंगले अगाडि वढने अपेक्षा व्यक्त गरेका छन ।

यसै गरी कार्यक्रमको प्रमुख अतिथि माननीय सरिता न्यौपानेले युवा परिषद्को कार्यक्रमको सफलताको सुभकामना दिदै  कृष्ण प्रणामी समाजले सामाजिक रुपान्तरणमा खेलेको प्रसंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

कार्यक्रमको समापन गर्दै परिषद्का अध्यक्ष नमराज ढकालले युवाको समग्र विकास गर्दै सामाजिक विकास एवं रुपान्तरणमा युवालाई व्यापक रुपमा परिचालन गर्ने कार्ययोजना प्रस्तुत गर्दै आर्थिक विकासको आधार सामाजिक आधारशिला भएकोले समाजमा ब्याप्त हिंसा, हत्या, कुरीति र अन्धविश्वास एवं धर्मको नाममा हुने गरेको कुकर्मको जरै देखि उखेलेर नफ्याकेसम्म सामाजिक रुपान्तर एवं मुलुकको विकास सम्भव नभएकोले  र यसको लागि सबै मिलेर अघि वढनुपर्ने कुरामा जोड दिए । परिषद्को पञ्च दिवसीय कार्यक्रम अन्तर्गत आइतबार परिषद्को सचिवालय कोटेश्वर काठमाडौमा युवा जागरण प्रशिक्षण आयोजना हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै