• २०८१ बैशाख ७ शुक्रबार

सिन्धुली साहित्य उत्सव २०७५ सम्पन्न, २ गजल संग्रह विमोचित

kharibot

सिन्धुली । सिन्धुली साहित्य उत्सव २०७५ पुस्तक विमोचन तथा विशेष रचना वाचन कार्यक्रम शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

सिन्धुली साहित्य प्रतिष्ठानको आयोजनामा कार्यक्रम भएको हो । अविनाश थापाको एकल गजल संग्रह अन्तिम सम्बोधन र संयुक्त गजल संग्रह समयको दस्तावेजको शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको हो ।

कार्यक्रममा सिन्धुलीका युवा गजलकारहरु नविन संघर्ष सिन्धुलीय, सुनिल जलन, कृष्णराज तामाङ र रेस्मा बुनेले विशेष रचना वाचन गरेका थिए ।

कार्यक्रममा सिन्धुली साहित्य प्रतिष्ठानका अध्यक्ष पवन पाख्रिनले अध्यक्षता ग्रहण गरेका थिए । त्यस्तै, अनामण्डली काठमाडौँका पूर्व अध्यक्ष बलराम दाहाल प्रमुख अतिथि, सिन्धुली वाङमय प्रतिष्ठानका अध्यक्ष अन्जुल र सिन्धुली बहुमुखी क्याम्पसका उपप्राध्यापक अर्जुन पौडेल विशिष्ट अतिथिको रूपमा थिए ।

उमानाथशास्त्री, साहित्य प्रतिष्ठानका अध्यक्ष भाइदाजु, गजल सरोबर सिन्धुलीका अध्यक्ष वरुण लामिछाने लगायत बारा, सर्लाही र रामेछाप जिल्लाका साहित्यकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै