• २०८१ बैशाख ७ शुक्रबार

नेपाल-युएईको तेस्रो टी-२० मा वर्षाको अवरोध

kharibot

काठमाडौँ । नेपाल र युएईबीच तीन टी-२० क्रिकेट सिरिज अन्तर्गतको तेस्रो तथा अन्तिम टी-२० खेललाई बर्षाले अवरोध गर्ने देखिएको छ । 

अहिले दुबईमा ठुलो वर्षा भएकाले अहिलेसम्म दुवै टिमको नियमित वार्मअप समेत नभएको युएईको द नेशनल पत्रिकाका खेल पत्रकार पाउल राडलीले जानकारी दिएका छन् ।

राडलीका अनुसार अहिलेसम्म कुनै वार्मअप भएको छैन भने खेलहुने आइसीसीको दुबईस्थित एकेडेमी आसपासका क्षेत्रमा मेघगर्जनसहित पानी परिरहेको छ ।

युएई क्रिकेट बोर्डका अनुसार अहिले पिचलाई कभर गरिएको छ भने वर्षा रोकिएपछि खेल अफिसियलले अनुगमन गर्ने भएका छन् ।

एकदिवसीय सिरिज २-१ ले जितेको नेपालले दोस्रो टी-२० खेल जित्दै सिरिज १-१ ले बराबरी गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै