• २०८१ बैशाख ८ शनिबार

वीरगन्ज महानगरपालिकाको मत गणना अवरुद्ध, फोरमका सरावगीको अग्रता कायमै    

kharibot

 वीरगन्ज । प्रदेश नम्बर २ का १ सय ३६ स्थानीमा असोज २ गते चुनाव भएकोमा अब चार ठाउँको मात्रै नजिता आउन बाँकी छ । अहिलेसम्म १ सय ३२ तहको नजिता आएकोमा नेपाली कांग्रेस ३८, संघीय फोरम २५, राजपा २४, माओवादी केन्द्र २१, एमाले १८, फोरम लोकतान्त्रिक ३ तह, नेपाली जनता दल २ र नयाँ शक्ति एक तहमा विजयी भएको छ । 

नतिजा आउन बाँकी वीरगञ्ज महानगरपालिकाको मतगणना रोकिएको छ ।  ६७ हजार ७ सय ३५ मत गनिसक्दा संघीय समाजवादी फोरमका विजय सरावगीले आफ्नो अग्रता बढाउदै लागेका छन् । फोरमका सरवगीले कांग्रेसका अजय द्विवेदीलाई १४८५ मतले पछाडी पारेका छन् ।

पछिल्लो परिणाम अनुसार फोरमका विजयी सरावगीले १५९२९ मत ल्याएका छन् भने कांग्रेसका अजयकुमार द्विवेदीले १४४४ मत ल्याएका छन् ।  त्यस्तै राजपाका मेयर पदका उम्मेदवार राजेशमान सिंहले ९७०७ मत ल्याएर पछाडी परेका छन् ।

त्यस्तै एमालेका उम्मेदवार बशरुद्दीन अन्सारीले ७३७१ मत, माओवादीका उम्मेदवार रह्बर अन्सारीले ७३३० मत ल्याएका छन् भने लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार बिमल श्रीवास्तवले ६०६८ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा भने कांग्रेसकी उम्मेदवार शान्ति कार्कीले १६७४० मत ल्याएर अगाडी रहेकी छन् भने संघीय समाजवादी फोरमकी पिंकी यादवले १५१८४ मत ल्याएकी छन् । 
त्यस्तै एमालेकी सोफिया आचार्यले ७९३६ मत ल्याएकी छन् भने राजपाकी उम्मेदवार रम्भा मिश्राले ७६६० मत ल्याएकी छन् । त्यस्तै फोरम लोकतान्त्रिककी उम्मेदवार अनिता देवी यादवले ४१२४ मत ल्याएकी छन् भने माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले ३९३२ मत ल्याएकी छन् । 

अहिले वीरगञ्जको वडा नम्बर १५, १६, १७ र १८ को मतगणना रोकिएको हो । दलरुहले मेयर उपमेयरको फेरि मतगणना गर्न माग गरेपछि गणना रोकिएको हो  ।

यसैबिच कलैया उपमहानगरपालिकाको वडा नम्बर २० मा मतगणना रोकिएको छ । मतपत्रमा स्वस्तिक छाप फरक भएको भन्दै एमालले फेरि मतदान गर्न माग गर्दै विवाद गरेपछि त्यहाँ मतगणना रोकिएको हो । विवादबारे निर्वाचन आयोगलाई पत्राचार गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् । 

यस्तै बाराको बारागढी गाउँपालिकाको अन्तिम मत परिणाम मंगलबार दिउँसोसम्ममा आउने निर्वाचन अधिकृतले बताएका छन् । यो गाउँपालिकामा अहिलेसम्म कांग्रेसको अग्रता छ । यस्तै सप्तरीको राजविराजमा राजपा अगाडि छ । राजपाका मेयरका उम्मेदवारले २ हजार २० मत ल्याएका छन्  भने उपमेयरमा १ हजार ९ सय ७ मत ल्याएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै