• २०८१ बैशाख ६ बिहीबार

आर्थिक अवस्थाको ख्याल गर्न आन्दोलनकारीलाई सुडानका प्रधानमन्त्रीको आग्रह

kharibot

सुडान । सुडानका प्रधानमन्त्री मुताज मुसाले आर्थिक अवस्थाको ख्याल गर्न सुडानी प्रदर्शनकारीहरुलाई आह्वान गरेका छन् ।

खार्तुममा शनिबार आयोजित एक कार्यक्रममा उनले भने, “प्रदर्शनकारीको आवाज अवश्य सुन्नु पर्दछ र सम्मान गर्नुपर्दछ तर देशको आर्थिक अवस्था के छ त्यो पनि हेर्नुपर्छ ।”

आन्दोलनकारीहरुले तर्कपूर्ण मागहरु पनि उठाएको बताउदै उनले ती मागहरुलाई सरकारले खुल्ला हृदयले पुरागर्ने तर्फ लाग्ने पनि बताउनुभएको समाचारमा जनाइएको छ ।

उनले मुलुकको आर्थिक समस्यालाई पनि सँगसगै मिलेर समाधान गर्ने सरकारको चाहना रहेको उल्लेख गरे । देशका आर्थिक समस्या जारी नै रहेको भन्दै ती मुद्दाको समाधान मिलेरै गर्ने पक्षमा सरकार रहेको पनि बताए ।

“यो कुरा सत्य हो की यहाँ धेरै आर्थिक समस्याहरु छन्, त्यसलाई समाधान गर्ने कार्य भइरहेको छ,” उनले प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै भनेका छन् ।

गत वर्षको डिसेम्बर १९ देखि राजधानी खार्तुमसहित सुडानका विभिन्न ठाउँमा विरोध प्रदर्शनका कार्यक्रमहरु भइरहेका छन् । जसका कारणले देशमा आर्थिक अवस्थामा ह्रास आइरहेको समाचारमा जनाइएको छ ।

मुल्यबृद्धिका विरुद्धमा सरकारका विरुद्ध विपक्षीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शन विगत लामो समयदेखि जारी नै रहेको छ । प्रदर्शनका क्रममा अहिले सम्म कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

निकै लामो समयको यो प्रदर्शनका कारण अरु कैयौँ घाइते भएको समाचारमा जनाइएको छ । त्यसैगरी यस आन्दोलनका कारण नागरिकका आधारभूत खाद्य लगायतका वस्तुहरुको पनि मूल्य बृद्धि भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै