• २०८१ बैशाख १३ बिहीबार

अब आश्चर्य हुने पालो सरकारको – गगन थापा 

kharibot

काठमाडौँ । प्रधिनिधि सभाको आजको बैठकमा बोल्दै अब आश्चर्यहुने पालो सरकारको भएको बताएका छन् । सांसद थापाले बैठक सुरुहुना साथ बोल्दै सरका को कडा आलोचना गरेका छन् । 

संसदमा थापाले गरेको सम्बोधन :

नेपाल सरकारलाई बधाई छ, एउटा जोगी डाक्टरले सरकारसँग निहु खोज्यो त्यो पनि दुई तिहाइको सरकारसँग, यस्तो बलियो सरकारसँग, सरकारले देखाइदियो । सरकारलाई देखाईदियो । सरकारको यस्तो सफलतामा सरकार बनाउने माननीयहरु खुशी नहुने कुरै भएन तर खुशी हुनेहरु अरुपनि रहेछन् ।  

प्रत्येक बर्ष १५ सयभन्दा बढी विद्यार्थीहरु विदेश डाक्टर पढ्न जान्थे । डा. केसीले आन्दोलन गरेर भने नेपालको प्रवेश परीक्षा पास नगरिकन खल्तीमा पैसा बोकेर बाहिर पढ्न जान पाउदैन । १५ सय विद्यार्थी मध्ये बर्षको १२-१३ सय विद्यार्थीले नेपालको प्रवेश परीक्षा पास गर्न नसक्दा रहेछन । 

यिनलाई बाहिर पठाएर केहि सर्वहाराहरुले आफ्नो पेट पालिरहेका थिए । रोजगारी स्वरोजगार भएका थिए । डा.केसीलाई देखाइदिएपछि बाहिर पठाउने जसको काम चौपट भएको थियो यी कमरेडहरु खुशी भएका छन्, सरकारलाई बधाई छ ।

केहि मेडिकल बाहेकका मेडिकल कलेजले राम्रो गरिरहेका थिए । अनुगमन जादा टोलीलाई पनि पहिला नै मिलाउठे, विरामी पनि भाडामा ल्याउथे, डाक्टर पनि भाडामा ल्याउथे ।

एकसय पठाउन पाउने अनुमति बह्येका मेडिकल कलेजले भाडामा ल्याएको विरामी र डाक्टरको आधारमा २ सय सिट पाउदै थिए । डा .केसीले आन्दोलन गरे सिट संख्या सय पुर्याए । त्यति मात्र होइन अनुगमन गरेर नक्कली डाक्टर र विरामीलाई ल्याउने बन्द गराई दिए । त्यति मात्र होइन करिब एक करोडको हराहरीमा पुग्न लागेको मेडिकल कलेजको फिसलाई ५० लाखभन्दा तल ल्याइदिए । यी मेडिकल कलेज वालाहरु डा.केसीसँग रिसाएका थिए । आज खुशी भएका छन् ।

मेडिकल एजुकेसनमा थुप्रै अनियमितता भयो भनेर डा.केसीले आन्दोलन गर्दै सरकारसँग माग राखे । सोहि माग अनुसार गौरिबहादुर कार्कीको नेतृत्वमा समिति बन्यो । डा. केसीले समितिले हुदैन न्यायिक आयोग बन्नुपर्छ भनेपछि त्यो न्यायिक आयोगले थुप्रैलाई पोलेको छ, थुप्रैलाई डामेको छ । न्यायिक आयोगले विश्वविधालयका पदाधिकारी र थुप्रै नियमनकारी निकायका पदाधिकारीलाई यसले बोलेको छ । सरकारले अहिलेसम्म केहि गर्न सकेको छैन । तर सरकारले डा. केसीलाई देखाएपछि सबै खुशी भएका छन् । लोकमान सिंह कार्की देखि कालिकास्थानको टहरामा मेडिकल कलेज खोल्ने सबै खुशी भएका छन् । सरकारलाई फेरी पनि यत्रो मान्छेलाई खुशी बनाउने सरकारलाई बधाई छ ।   

बधाईको पात्र सरकार बनाउने पार्टी पनि भएको छ । हामीले दुईतिहाईको दम्भ भन्यौ तर दुई तिहाईको दम्भ देख्न पाएका थिएनौ । यो संसदमा कुनै बेला अनाथ अपांग बालबालिकाका निम्ति विशेष सामाजिक सुरक्षाका निम्ति कानुन बनाउने अवसर प्राप्त भयो तर दुई तिहाइको दम्भ देख्न सकिएन । शिक्षामा राज्यको भूमिका बढाऊ भन्दा दुई तिहाई देख्न पाएनौ, स्वास्थ्यमा राज्यको भूमिका बढाऊ भन्दा दुई तिहाई देख्न पाइएन । यस्ता अनेक ठाउँमा दुई तिहाई देख्न पाइएन । यो भन्दा प्रचण्डको नेतृत्वमा रहेको सरकारले चिकित्सा शिक्षा अध्ययन राष्ट्रिय प्रतिष्ठानको नाम मनमोहन चिकित्सा शिक्षा अध्ययन राष्ट्रिय प्रतिष्ठान बनाऊ भन्दा कमरेड मनमोहनको लागि दुई तिहाई देख्न पाइएन । कमरेड मनोमोहनको नाममा दुई तिहाई देख्न पाइएन तर मार्सी मोहनका लागि दुई तिहाइ देख्न पाइयो । सरकारलाई बधाई छ सरकार बनाउने पार्टीलाई बधाई छ । 

दुई तिहाईले डाक्टरलाई त उठाइदियो, सुतेका डाक्टर उठे तर प्रश्न यँहा डाक्टरको मात्र होइन यँहा त प्रधानमन्त्री प्रतिको विश्वास सुत्यो, ढल्यो । यो ढलेको विश्वासलाई कसले उठाउने ? प्रधानमन्त्रीको इमानमा डढेलो लाग्यो अब कसले पानी हाल्ने ?

प्रधानमन्त्रीले भन्दै हुनुहुन्छ हाम्रो काम देखेर संसार आश्चर्य चकित भएको भन्दै हुनुहुन्छ । तर सरकारको काम हेरेर जनता दिक्क भएका छन्, आक्रोशित भएका छन् । भर्खर मात्र मोरङमा रुक्मति दासको सामुहिक बलत्कार भएको छ । निर्मलाको हत्यामा यस्तो असम्बेदंशील बनेको सरकारले त्यो भन्दा फरक व्यवहार देखाउछ भन्ने कुराको अपेक्षा गर्न सकिदैन । अर्थतन्त्र यस्तो अवस्थामा रहेका बेला सरकारले कुनै सार्थक पहल गर्दै बरु उल्टै ढाकछोपमा लागिरहेको छ । सरकार नेपालला लगानी बढाउन भन्दै लगानी महोत्सव गर्दै छ । यसअघि लगानी गर्छु भन्ने हरु टाप कसीसकेका छन् । व्यापारी सडकमा छन् । ब्याजदर घटाईदेउ, कम गर्न सकिएन भनेका छन् । भएका उद्योगधन्दा बन्द हुने अवस्थामा छन् कोहि नयाँ उद्योग खोल्न चाहेका छैनन् । यस्तो अवस्थामा प्रधानमन्त्री भन्नुहुन्छ संसार आउदै छ धोक्रोका धोक्रो पैसा बोकेर आउदै छ । यो भनेको र भित्र भएको फरक देखेर जनता आक्रोशित भएका छन् । पहिलो पटक प्रधानमन्त्रीको तहबाट तथ्यांक गलत मात्र होइन तोडमोड गरेर प्रस्तुत गरियो । सरकारले वातावारण बनाउदैन । उल्टै धम्काउछ । ट्रान्सपरेन्सी इन्टरनेशनलले भन्छ देशमा भ्रष्ट्रचार बढ्यो । सरकार भन्छ तेरो रिपोर्ट च्यातिदिन्छु भन्छ । 

राष्ट्रबैंक, योजना आयोगदेखि सबैलाई निकम्मा बनाएर सानो कोटरीबाट सरकार चलाउने कोशिस भइरहेको छ । प्रधानमन्त्री भन्नुहुन्छ म भ्रष्ट्राचारीको अनुहार हेर्दिन, दायाँ बाया भ्रष्ट्राचारी, विमान किन्दा भ्रष्ट्राचार, दूरसंचारमा भ्रष्ट्रचार, यत्रतत्र भ्रष्ट्रचारी राखेर हेर्दै गर्दा प्रधानमन्त्रीले म भ्रष्ट्रचारीको अनुहार हेर्दिन भन्दा प्रधानमन्त्रीले ऐना हेर्ने अवस्था आउन सक्छ ।

एउटा विवादस्पद अन्तर्राष्ट्रिय संस्थाका लागि सरकारले नेपालको बेइज्जति गर्यो । सरकार आफै आयोजक बनेर केहि महिना हामीले देख्यौ । सरकार लाग्यो, पार्टी लाग्यो, अन्तर्राष्ट्रिय मंचमा यो सदनको भिडियो देखाएर फादर मुन नेपाल आएको दिन नेपाललाई पिस डे घोषणा गरेको भनेर सदनको भिडियो देखाइएको छ । सरकारले देशको बेइज्जति गरेको छ ।

संसारभरी संवेदनशील ढंगबाट हाम्रो सम्बन्ध विस्तार गर्नुपर्ने बेलामा तुकनताक भेनेजुएलाका बारेमा बोलेर नयाँ संकट नेपालमा निम्ताएको छ । यो देखेर जनता आश्चर्य चकित होइन जनता दिक्क भएका छन् । जनता चाहन्छन प्रधानमन्त्रीको अनुहारले एक पटक ऐना राम्रोसँग हेर्नुहोस, अनुहारमा दागै दाग देखिएको छ । जनता र हामी प्रधानमन्त्रीको अनुहार सफा हेर्न चाहन्छन् । तर प्रधनमन्त्रीले भने आफ्नो अनुहारमा होइन ऐनामा रहेको दाग सफा गर्न भन्दैछन् । किनकी मेरो अनुहारमा दाग हुनै सक्दैन किनकी सत्य मै हु, ब्रम्हा मै हु मेरो अनुहारमा दाग हुनसक्छ भन्दै छन् । यो देखेर जनता साच्चै आक्रोशित भएका छन् ।

त्यसैले जनताको यो आक्रोशलाई सरकारसम्म पुर्याउने काम हाम्रो हो । यहि जिम्मेवारी बोकेर हामी यो सदनमा आएका छौ । हामी यो जिम्मेवारी पुरा गर्दछौ । सरकारका अक्षमता र अहंकार, सरकारले एकपछि अर्को गर्दै घटाएका काण्डहरुले गर्दा हामीलाई डर लाग्न थालेको छ । आक्रोश प्रधानमन्त्री, सरकार हुदै हुदै भर्खरै ल्याएको संघिय लोकतान्त्रिक गणतन्त्रमाथि न तेर्सियोस भन्ने चिन्ता रहेको छ । हामी व्यवस्था जोगाउन चाहन्छौ । यो व्यवस्था दिगो होस् भन्ने चाहन्छौ । 

हामीले पटक पटक सदन अवरोध गर्यौ । हामी दुई अस्पतालको विषयमा उठ्यौ । कतिपयले यसलाई हल्का रुपमा लिए । हाम्रा नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाम अस्पतालबाट मेटाएपनि शान्ति प्रकियामा गरेको हस्ताक्षर  र संबिधानबाट मेटाउन कसको हिम्मत छ कसैको । यँहा प्रश्न दुई नेताको नामको अस्पतालको होइन, नामको होइन प्रश्न सरकारको नियतको हो । सरकारको सोचको हो । सरकार प्रतिपक्षलाई निषेद गरेर जान चाहन्छ । सरकार हाम्रो अस्तित्वलाई अस्विकार गर्छ भने, सरकारको काम गर्नुपर्ने काममा छैन नगर्नुपर्ने काममा रहेको छ । नबोल्नुपर्ने ठाउमा बोल्छ भने प्रतिपक्ष बोल्छ । 

सरकारलाई हामीले यहि ठाउमा बाध्य बनाएका छौ । संबैधानिक परिषदमा प्रतिपक्षी दलका नेतालाई जे गरिएको छ त्यो गल्ति पनि सच्याउन बाध्य बनाउछ । चिकित्सा शिक्षा विधेयक पारित भएपनि त्यसका प्वालहरुलाई काँग्रेसले कार्यान्वयन गर्न हामी दिदैनौ । त्यसको हिम्मत पनि हामीसँग छ र नैतिक बल पनि इच्छा पनि छ ।
संसद चल्छ, हामी जिम्मेवार छौ । सरका ले यत्रो दिनसंसद अवरोध हुदा सरकार चिन्तित छैन । 

हाम्रो सम्बन्ध हिजो जस्तो हुने छैन । तर हामीसँग जस्तो व्यबहार गरिएको छ एउटा दुइटा घटनाबाट बिर्सिने छैनौ । हाम्रो सम्बन्ध हिजो जस्तो भने हुदैन । सरकार दुनियालाई आश्चर्य बनाई राखोस, त्यसैले अब आश्चर्य हुने पालो सरकारको । सरकारले प्रतिपक्ष देखिएन भनेको होइन ? अब प्रतिपक्ष पनि देखिन्छ र सरकार आश्चर्य पनि हुने छ । सरका लाई फेरी पनि बधाई छ ।     
              
       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै