• २०८१ बैशाख १३ बिहीबार

राष्ट्रपतिद्वारा मलेसियाका राजालाई बधाई

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाको १६ औँ नरेशका रुपमा अल सुल्तान अब्दुल्लाह रियातुद्दिन अल मुस्तफा बिलाह शाह इब्नी सुल्तान हाजी अहमद शाह अल मुस्ता इन बिलाह घोषित हुनुभएकामा बधाई ज्ञापन गरेकी छन् । 

राष्ट्रपति भण्डारीले आज बधाई सन्देश पठाउँदै मलेसियाली नरेशको दूरदृष्टियुक्त मार्गदर्शन र नेतृत्वमा मलेसियाले अझ प्रगति एवं समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेकी छन् । 

राष्ट्रपतिले नेपाल र मलेसियाबीच विद्यमान सुमधुर सम्बन्ध मलेसियाली नरेशको कार्यकालमा अझ सुदृढ हुने उल्लेख गर्दै त्यहाँका नरेशको सुख र सुस्वास्थ्यका साथै मलेसियाली जनताको समृद्धिको कामना गरेकी छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै