कला परिषदमा ‘आर्ट फर नेचर’ प्रदर्शनी 

खरीबोट

काठमाडौँ । प्राकृतिक कारणले वन्यजन्तु र प्रकृतिमा पारेको प्रभावका विषयमा केन्द्रित रहेर बनाइएका चित्रको आइतबार काठमाडौँस्थित नेपाल कला परिषद्मा प्रदर्शनी गरिएको छ । 

चौथो अन्तर्राष्ट्रिय प्रदर्शनी ‘आर्ट फर नेचर’को नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले उद्घाटन गरेका छन् । उनले समाजलाई सन्देश प्रदान गर्न कलाको माध्यमबाट सजिलो हुने प्रतिक्रिया दिए ।

आर्ट क्लब नेपालको संयोजनमा ‘रिलिफ फण्ड फर वाइल्डलाइफ भिक्टिम’द्वारा गत पुसमा पर्सा राष्ट्रिय निकुञ्जमा भएको कार्यशालामा तयार भएका १२ कलाकारका २५ चित्र प्रदर्शन गरिएको छ । 

सो क्रममा उत्कृष्ट छनोट हुनुभएकी कलाकार सविता डङ्गोललाई ‘बेस्ट आर्टिस्ट अवार्ड’ प्रदान गरिएको थियो । कार्यक्रममा विश्व वन्यजन्तु कोषका लागि नेपाल प्रतिनिधि डा घनश्याम गुरुङ र रिलिफ फण्ड फर वाइल्डलाइफ भिक्टिमका अध्यक्ष डा प्रभु बुढाथोकीले प्रकृति र वन्जयजन्तुको संरक्षणमा कलाकारको योगदान महत्वपूर्ण रहेको बताएका थिए । चित्रकला प्रदर्शनी तीन दिनसम्म चल्ने जनाइएको छ ।

प्रदर्शनीमा रागिनी उपाध्याय, सुदर्शनविक्रम राणा, सुनिता राणा, राजन पन्त, जस्मिन राजभण्डारी, सुरेम देशार, इशान परियार, सविता डङ्गोल, सङ्गीता घिमिरेलगायतका केही विदेशी चित्रकारका चित्र समावेश छ । 
 

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले फागुन ८ गते सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले सो जानकारी दिएका छन् । यसैगरी सोही दिन धनगढी

राष्ट्र बैंकद्धारा पुर्वाधार बिकास बैकलाई सञ्चालन अनुमती

काठमाडौ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम नेपाल सरकार सहित केही प्रतिष्ठित वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, नीजि कम्पनीहरु तथा व्यक्तिगत व्यवसायीहरुको संयुक्त लगानी

भ्यालेन्टाईनमा दर्शकलाई प्रदीप र जसिताको घाम जुन उपहार 

काठमाडौं । फिल्म लिली बिलीबाट चर्चित जोडी बनेका अभिनता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले यस पटकको प्रणय दिवस (भ्यालेन्टाईन डे)मा आफ्ना प्रिय दर्शकलाई घाम जुन उपहार दिने भएका छन्

पूर्वाधार विकास बैंकलाई राष्ट्र बैंकको संचालन अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई संचालन अनुमति दिएको छ । राष्ट्र बैंकको बिहीबार बसेको संचालक समिति बैठकले पूर्वाधार विकास बैंकलाई अनुमति दिएको हो ।  ठूला पूर्वाधारमा लगानी गर्ने


z