• २०८१ बैशाख ८ शनिबार

कला परिषदमा ‘आर्ट फर नेचर’ प्रदर्शनी 

kharibot

काठमाडौँ । प्राकृतिक कारणले वन्यजन्तु र प्रकृतिमा पारेको प्रभावका विषयमा केन्द्रित रहेर बनाइएका चित्रको आइतबार काठमाडौँस्थित नेपाल कला परिषद्मा प्रदर्शनी गरिएको छ । 

चौथो अन्तर्राष्ट्रिय प्रदर्शनी ‘आर्ट फर नेचर’को नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले उद्घाटन गरेका छन् । उनले समाजलाई सन्देश प्रदान गर्न कलाको माध्यमबाट सजिलो हुने प्रतिक्रिया दिए ।

आर्ट क्लब नेपालको संयोजनमा ‘रिलिफ फण्ड फर वाइल्डलाइफ भिक्टिम’द्वारा गत पुसमा पर्सा राष्ट्रिय निकुञ्जमा भएको कार्यशालामा तयार भएका १२ कलाकारका २५ चित्र प्रदर्शन गरिएको छ । 

सो क्रममा उत्कृष्ट छनोट हुनुभएकी कलाकार सविता डङ्गोललाई ‘बेस्ट आर्टिस्ट अवार्ड’ प्रदान गरिएको थियो । कार्यक्रममा विश्व वन्यजन्तु कोषका लागि नेपाल प्रतिनिधि डा घनश्याम गुरुङ र रिलिफ फण्ड फर वाइल्डलाइफ भिक्टिमका अध्यक्ष डा प्रभु बुढाथोकीले प्रकृति र वन्जयजन्तुको संरक्षणमा कलाकारको योगदान महत्वपूर्ण रहेको बताएका थिए । चित्रकला प्रदर्शनी तीन दिनसम्म चल्ने जनाइएको छ ।

प्रदर्शनीमा रागिनी उपाध्याय, सुदर्शनविक्रम राणा, सुनिता राणा, राजन पन्त, जस्मिन राजभण्डारी, सुरेम देशार, इशान परियार, सविता डङ्गोल, सङ्गीता घिमिरेलगायतका केही विदेशी चित्रकारका चित्र समावेश छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै