• २०८१ बैशाख ८ शनिबार

अध्ययन भन्छ-बिहानको यौन सम्पर्क सबैभन्दा उत्तम

kharibot

फाइल तस्बीर

काठमाडौं । तपाईं हप्तामा अथवा महिनामा कतिपटक यौन सम्पर्क राख्नुहुन्छ ? के यौनको फ्रिक्वेन्सी अर्थात् संख्या अनि यौनप्रतिको तपाईंको अभिरुचिमा कमी त आएको छैन ।

यदि तपाईं यो कुरालाई लिएर चिन्तित हुनुहुन्छ भने तपाईंको यौन सम्पर्क राख्ने तरिका नभई समय गलत हुन सक्छ । एकपटक आफ्नो सेक्स सेड्युललाई ध्यान दिनुहोस् । तपाईंले जुन समयलाई यौन सम्पर्कको लागि उत्तम मान्नुहुन्छ, त्यो सही समय नहुन पनि सक्छ । 

फ्रन्टियर्स इन साइकोलोजीद्वारा गरिएको एक अध्ययनअनुसार महिला र पुरुष दुवैमा लिबिडो अर्थात् कामेच्छाको धेरै अन्तर हुन्छ । दुवै एकै समयमा यौन सम्पर्कको लागि तयार नहुन सक्छन् । महिलाहरुले साँझपख यौन सक्रियताको बढी महसूस गर्छन् भने पुरुषले बिहान । शोधमा संकलन गरिएको तथ्यांकले यस्तै देखाउँछ । 

अधिकांश मानिस राति ९ बजेभन्दा पछि सुत्नुभन्दा अघि यौन सम्पर्क राख्छन् । यद्यपि, विशेषज्ञहरुका अनुसार सुत्नुभन्दा अघि यौन सम्पर्क राख्नु त्यति राम्रो होइन । दिनको समाप्तिपछि सुत्नुभन्दा अगाडि यौन सम्पर्क राख्नु सुविधाजनक हुन सक्छ । तर, डा. माइकल ब्रुअसको मतमा यो ठीक होइन । 

डा. माइकलका अनुसार अधिकांशले राति यौन सम्पर्क राखे पनि त्यसको सही अनुभव उनीहरुले लिन पाउँदैनन् । किनकि त्यस समय शरीर र मस्तिष्क दुवै थाकेको हुन्छ । त्यसैले यौन सम्पर्कको भरपूर आनन्द त्यस बेला लिन सकिँदैन । 

डा. माइकलका अनुसार विशेष यौन अनुभूतिका लागि मर्निङ सेक्स सबैभन्दा राम्रो हुन्छ ।  बिहान उठेपछि महिला र पुरुष दुवैले आफूलाई ताजा महसूस गरिरहेका हुन्छन् । त्यस समय हार्मोनको सक्रियता पनि उच्च हुन्छ । बिहान यौन सम्पर्क राखेमा दिनभर ताजा अनुभूति हुने उनको भनाइ छ । 

दिनभर व्यस्त रहने मानिसहरुको शरीर त रातिसम्म थाकिसकेको हुन्छ नै, उनीहरुको मस्तिष्क पनि सुस्त हुन्छ । त्यसैले व्यस्त मानिसहरुको यौनप्रतिको अभिरुचि घट्दै गएको देखिन्छ । यसले यौन र दाम्पत्य जीवन नै संकटमा पर्न सक्छ । त्यसैले यो समस्याको समाधानका लागि मर्निङ सेक्स उपयुक्त हुन सक्छ । 

मर्निङ सेक्स सबैको लागि सम्भव नहुन सक्छ । तथापि, आफ्नो अभिरुचिमा कुनै कमी नआओस्, र यौनको भरपूर आनन्द लिन सकियोस् भन्ने इच्छा राख्ने हो भने यो एक उपयुक्त माध्यम हुन सक्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै