• २०८१ बैशाख ७ शुक्रबार

अप्ठ्याराहरु छन्, जिम्मेवार भएर अगाडि बढ्दै छौं – पवित्रा निरौला खरेल 

kharibot

काठमाडौँ । पवित्रा निरौला खरेल झापा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिभिसभा सदस्य हुन् । अहिले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापति समेत रहेकी निरौला ०३५-३६ सालदेखि नै राजनीतिमा सक्रिय छिन् । अनेरास्वयुबाट राजनीतिक जीवन सुरु गरेकी पवित्रा प्रारम्भिक कमिटि इलाका कमिटि हुँदै जिल्ला कमिटीको सदस्य बनिन् भने अखिल नेपाल महिला संघको प्रथम राष्ट्रिय सम्मेलनमा केन्द्रीय सदस्य बनेपछि उनी निरन्तर राजनीतिमा नै सक्रिय हुँदै अगाडि बढिरहिन् । २०४४ सालमा पार्टी सदस्यता प्राप्त गरेकी निरौला राजनीति गर्ने दौरानमा नै पञ्चायती कालमा भूमिगत हुनुपर्यो ।

भूमिगत राजनीति गर्ने क्रममा विभिन्न जनता ब्युँझाउने कार्यक्रममा   अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने क्रममा २०३९ सालमा प्रहरीले उनलाई राजकाजको मुद्दामा गिरफ्तार गर्यो र उनले झापामा २ वर्ष जेलजीवन बिताउनुपर्यो । जेलबाट छुटिसकेपछि पनि वारेण्ट जारी भयो । 

बृहत् कार्यक्रमको आयोजना गरिएको र प्रहरीले सुराकी गरेर उक्त कार्यक्रमको पत्ता लगाएपछि उनको गिरफ्तारीको लागि वारेण्ट जारी भएको थियो । कार्यक्रममा देशभरिका नेता तथा कार्यकर्ता भेला हुने तय भएको थियो । 

त्यसपछि उनलाई गृहजिल्ला झापाबाट पार्टीले इलाम जिल्ला पठायो । उनले इलाम जिल्लाको पार्टी कमिटिको सदस्य भएर काम गरिन् । ०४६ सालमा बहुदल आइसकेपछि झापा फर्केर आइन् । २०४७ सालमा उनको विवाह भयो ।  

झापा पार्टी जिल्ला समितिको सदस्य भएर काम गरिन् । पछि ०६६ सालमा पार्टीको जिल्ला कमिटिको सचिव भएर काम गरन् । त्यसपछि पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य भएर काम गरिन् । अनेमसंघको केन्द्रीय समितिको सदस्य भएर काम गरिन् ।  

अहिले उनी १ नम्बर प्रदेश कमिटिको सदस्य र अखिल नेपाल महिला संघको स्थायी कमिटिको सदस्य छिन् । 

२०२० साल माग २० गते जन्मेकी उनले एसएलसीसम्मको शिक्षा हासिल गरेकी थिइन् । जेल पर्नुपर्यो, भूमिगत हुनुपर्यो आन्दोलनमा सरिक भइन् । उनले पढाइलाई निरन्तरता दिन सकिनन् । 

राजनीतिमा प्रेरित माइती परिवार हो । मेची अञ्चलको पाचथर जिल्लाको माङ्जाबुङ गाविसमा बाबाआमाको जन्म भएको थियो । जुन रुखो डाडा थियो । अन्न उत्पादन नहुने गरिबीको कारण अत्यन्तै दुख पिडाबाट जेलिएको थियो उनको परिवार । बुवाका ३ श्रीमती अर्थात् उनका तीन आमा थिए । जीविकोपाजर्नको लागि खेती किसानी गोठालो गर्थ्यो उनको परिवार ।  

३ जना आमामध्ये उनी जेठीकी छोरी थिइन्। त्यो बेलामा छोराछोरीलाई गरिने व्यवहार समान हुने त कुरै थिएन । सामन्ती सोचबाट उनको परिवार पनि ग्रसित थियो । सानो आमाको छोरा उनको भाइ र उनीसँगै हुँदा गरिने व्यवहार भिन्न थियो । त्यसो त त्यो समयको समाजमा नै त्यस्तो किसिमको भिन्नता थियो । जसले पवित्राहरु जन्माउन बाध्य गरायो ।  महिलाले केही गर्न सक्छन् भन्ने विद्रोही भावना उनमा पनि जागृत हुन पुग्यो ।  

धरानमा महेन्द्र बहुमुखी क्याम्पसमा पढ्ने दाइदिदीहरु चामल पुर्याउन जादाँ उनले जनवादी गीतहरु सुन्ने अवसर पाइन् । त्यतिबेला उनमा मान्छेले मान्छेमाथि गर्ने विभेदको व्यवहारको अत्याचारको त विरोधमा नै लाग्नुपर्ने रहेछ भन्ने चेतना जाग्यो ।  कुनै पनि अन्याय सहन हुँदैन भन्ने प्रेरणा जाग्यो । त्यहीँ केही अग्रजहरुबाट उनले धेरै कुरा सिक्न पाइन् । 

घर फर्किएपछि परशुराम सञ्जेलसँग उनीहरुको राजनीतिक भेटघाट बाक्लिन थाल्यो । सञ्जेलले कम्युनिष्टले मेहनती परिश्रमी लगनशील भएर काम गर्नुपर्छ भनेर सिकाउँथे । पवित्राहरु पनि लगनशील हुन थाले ।

चाइनिज रिभ्यु पत्रिकामा चित्र हुन्थ्यो ।  चित्रबाट आकर्षित हुन्थे उनीहरु । चित्रमा बालबालिकाले खेती गरेको चित्र देखेपछि उनका दिदिबहिनीले मिलेर काक्रोको खेती गरेका थिए वनबाट आफै थाक्रो ल्याएर लगाएर । उनीहरुलाई काम गरेर कम्युनिष्ट नेताहरुलाई देखाउनु थियो । 

कम्युनिष्टले पुरानो लुगा धोएर सफा पारेर लगाउछन् भन्थ, पवित्राहरु त्यसैगरी लगाउँथे । आमाहरुलाई सहयोग गर्न घरमा धेरै काम गर्ने गर्थे ।  यस्तै खालका प्रेरणाबाट उनी अगाडि बढ्दै गइन् र पछि  धेरै पार्टीका सँग सम्पर्क भएपछि युवा लिगमा संगठित भएर विभिन्न वाद तथा विचारको बारेमा धेरै कुरा बुझ्न थालिन् । विभिन्न पत्रपत्रिकाहरु झिसमिसे, वर्गसंघर्षजस्ता मुखपत्र पढ्न थालेपछि प्रेरणा मिल्दै गयो ।  अनि निरौला राजनीति गर्नुपर्ने रहेछ, अन्यायको विरुद्ध आवाज उठाउनुपर्ने रहेछ र केही कुरा बुझ्न केही जान्नुपर्ने रहेछ भन्ने कुरा बुझिन् ।    

नीति निर्माणमा महिला सहभागिता :

"सुरुका दिनदेखि नै समानताको आवाज लिएर महिला र पुरुष समान हुनुपर्छ भन्ने उद्देश्यका साथ सक्रिय हुँदै आएका छन् महिलाहरु," निरौला थप्छिन्, “नकि पुरुषभन्दा महिला अगाडि बढ्नुपर्छ भन्ने । समान ढंगले अगाडि बढ्नुपर्छ र मानवीय नाताले हरेक कुरामा सहभागी हुनुपर्छ ।” र अखिल नेपाल महिला संघको झण्डामुनि रहेर पनि हामीले धेरै महिलाहरुले पुरुष सरहअगाडि बढ्न प्रेरित गर्ने काम हामीले पनि गर्यौं । 

नीति निर्माण तहमा राम्रै संख्यामा महिलाहरु छन् । हामीले आफ्नो ठाँउमा नीति निर्माण गर्ने सन्दर्भमा महिलाहरुलाई कुनै पनि हिसावले पछि पार्ने वा विभेद गर्ने कार्य गर्नुहुँदैन र त्यसलाई व्यवस्थित ढंगले अगाडि बढाउनुपर्छ । समाज विकासको लागि महिला र पुरुषको समान दायित्व रहन्छ । 

निरौला भन्छिन्, “नीति निर्माणको तहमा सबै महिलाहरु एकताबद्ध भएर गएका छौं,  महिला मात्र नभएर नीति निर्माण तहमा महिला सहभागिता गराउने कुरामा पुरुष मित्रहरुले पनि सहयोग गर्नुभएको छ । राम्रो सहयोग पाएको अवस्था छ । 

सरकारमा महिला सहभागिता :

महिला पनि बराबर हुनुपर्छ भन्दै गर्दा हरेक कुरामा बराबरीको दृष्टिले हेरिनु पनि हुँदैन । यसो भनिरहँदा महिलाहरु सक्षम छैनन्, महिलाहरु सरकारमा जान सक्दैनन् भन्न खोजिएको होइन, तर समान ढंगले जानुपर्थ्यो । उनी भन्छिन्, “ केही प्रयत्न पनि हाम्रै आवाजबाट नै गरिएको हो र अहिले जति सरकारमा जानुभएको छ भोलि संख्या वृद्धि हुन्छ ।” निरौला थप्छिन्, “हरेक ठाउँमा समान गर्नै पर्छ लडाइ गरेर भए पनि टिक्नै पर्छ भन्ने मान्यता पनि राख्न हुँदैन । समय, परिवेश र परिस्थितिको मुल्याङ्कन गर्दै अगाडि जानुपर्ने हुन्छ ।” अहिलेको संसदमा महिलाहरुको सहभागिता सक्रियता राम्रो छ । 

सरकारको कार्यशैली :

जनतासँग हामीले सरकार निर्माणको परिवेश निर्माण गरिदिनुस बहुमत दिनुस हामी समृद्धि दिन्छैं । विकास दिन्छौं । अगाडि बढाउन सधै भरी पहल गर्न भनेर आएको हो । अहिले हामीले सोचे अनुसार समयका काम गर्न नसक्नुका कारण धेरै छन् । विभिन्न परिस्थिति र समस्यासँग जुझ्दै अगाडि जानु पर्ने हुन्छ ।

लामो समयदेखि एकात्मक राज्य प्रणाली कायम भएको थियो । एकात्मक राज्य प्रणाली हुने सन्दर्भमा सबै केन्द्रबाट केन्द्रीकृत कामहरु भइरहेको थियो । अहिले संघीयतामा जादा एकै चोटी सम्पुर्ण कामलाई व्यवस्थित गराउन सकिदैन रहेछ । त्यसलाई पालैपालो व्यवस्थित गर्दै लैजानु पर्ने कारणले गर्दा जति प्रगति गछौं भनेर सोचेका थियौं त्यो हुन नसकेको हो ।  

हरेक प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्नु पर्यो ।  कर्माचारी चाहियो । भौतिक संरचना तयार गर्नु पर्यो ।  र त्यति मात्र नभएर कानुन बनाउने कुरामा पनि प्रदेश कसरी सञ्चालन गर्ने भनेर कानुन निमार्ण गर्नु पर्यो । संघलाई व्यवस्थित बनाएर लैजान कानुन निमार्ण गर्नु पर्ने लगायतका काममा जिम्मेवारी रहेको छ । यता विकास निमार्ण गर्ने काम पनि हाम्रै काम हो ।

भर्खरै मात्र संघीयतामा गएको नयाँ कामको थालनी भएकोले केही ढिलासुस्ति भएको छ । तर व्यवस्थित गर्दै अगाडि लैजाने कुरामा सरकार लागेको छ । उनी भन्छिन्, “सरकारको भविष्य उज्वल छ । तर जाने बाटाहरुमा केही तगाराहरु, केही अफ्ठ्यारोहरु र कठिनाइहरु छन । ती कठिनाइहरु तदारुकताका साथ जिम्मेवारिताका साथ बफादारिताका साथ अगाडि बढेका छौं ।” थप्छिन, “सरकारले अहिलेको कामलाई व्यस्थित गर्दै अगाडि लगेको छ ।  राम्रो ढंगले जान्छ भन्ने पुर्ण विश्वास पनि छ । ”

समितिको निर्देशन पालनामा सरकार 

आफ्नो समितिको निर्णयलाई सरकारले पालना गरेको छ । राम्रै किसिमले गरेको छ । निणर्य भइरहेका छन । उपसमितिहरु निमार्ण गरेर काम गर्दै छन । र राष्ट्रिय गौरवका योजना अन्तगत पर्ने अन्तराष्ट्रिय विमानस्थललाई व्यवस्थित गर्ने सन्दर्भमा उपसमिति बनेको थियो । अन्तराष्ट्रिय विमानस्थललाइ व्यस्थित बनाउने र समयमा कामलाई सक्ने र त्यसको ठेक्का प्रक्रियालाई व्यवस्थित गरेर लैजाने काम गर्नको लागि समितिले गहनता र जिम्मेवारीताको साथ काम गरेर प्रतिवेदन बुझाएको छ ।  निणर्य गरेर पढाएको छ । 

अन्तराष्ट्रिय विमानस्थलले नेपालको विकास र उन्नतिलाई समृद्धिलाई महत्वपुर्ण भुमिका निर्वाह गर्दछ ।  भिजिट नेपाल २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने भनिरहदाँ त्यो २० लाख पर्यटक भित्र्याउनको लागि एयरपोर्ट त राम्रो चाहियो नी  । उनी भन्छिन—“अन्तर्राष्ट्रिय विमान स्थललाई व्यवस्थित गर्ने र धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सहज वातावरणको सिर्जना गर्नु पर्छ ।”चाडो भन्दा चाडो गर्ने काम भइरहेको छ । 

डिपिआर तयार हुनुपर्यो, ठेक्का लाग्नु पर्यो । त्यो ठेक्का लागिसेक पछि त्यको छोटो समयमा तयारी गर्ने गरी निर्देशन जारी गरेका छौं । विशेष गरी पोखरा विमानस्थल, लुम्बिनी विमानस्थलहरु २०१९ मा नै पुरा हुन्छ भन्ने लागेको छ । डिपिआर हुन बाँकी निजगढ विमान स्थल त्यो समयमा नसकिएला की भन्ने संका छ त्यो पनि सक्ने गरी काम गर्ने तयारीमा छौं ।  

पार्टीमा महिला सहभागिता

नेकपामात्र नभएर नेपालमा रहेका सम्पुर्ण पाटीहरुमा महिलाको सहभागितालाई बृद्धि गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो । नेकपामा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ भन्ने आवाज बुलन्द गरिरहेका नै छौं । किनभने हिजो हामीले नीति निर्माण गरिसकेका छौं ।  ३३ प्रतिशत महिला राज्यको हरेक निकायमा पुर्याउने भनेर हामीले निणर्य नै गरिसकेको सन्दर्भमा पाटी भित्र नै यो मागलाई पुरा गर्न पाटी विवेकशील छ, जिम्मेवार छ ।  ३३ प्रतिशत पुरा हुन्छ भोलि महाधिवेशनको दौरानमा त्यो पुरा हुन्छ ।  त्यो पुरा गर्न महिलाहरुले जोडदार रुपमा आवाज उठाउछेौं र त्यो पुरा गर्नको लागि हामी पार्टीलाई साथ र सहयोग गर्नेछौं । 

सांसद र सभापतिको अनुभव 

पहिलोचोटी सांसद बन्न आएको के गर्ने होला कसरी गर्ने होला भन्ने किसिमको कौतुहता उत्सुकता, केही चुनौति र कठिनाइहरु थियो भने अहिले दुर हुदै गइरहेको छ । यसलाई सहज ढंगले अगाडि बढादै लैजाने काम भइरहेको छ । समिति मिनी संसद भएको कारणले भएका सबै नीतिनिमार्ण गर्ने देखि लिएर विधेयकको दफादार छलफल गर्ने काम गरी समितिबाट निष्कर्षमा पुग्ने देखि लिएर सम्पुर्ण काम यसले नै गर्दछ ।  

संसदमा खालि यसलाई पास गर्ने कुरा मात्र हो । बृहत छलफल गरेर कुनै पनि कुराको निष्कर्षमा पुग्ने काम यहाबाट नै हुन्छ । यो एउटा महत्वपुर्ण जिम्मेवारी हो र यसको बहनको लागि जुन प्रयत्न गरिरहेका छौं । सबैबाट राम्रो साथ सहयोग भएको छ । निरौला भन्छिन्, “आफुले मान सम्मान गरोस भन्ने चाहनेले अरुलाई मानसम्मान गर्न पनि जान्नु पर्दछ त्यसले गर्दा मान सम्मान इज्जत दिएका पनि छौं र लिएका पनि छौं ।”  त्यसैले पनि सबै सदस्यले सहयोग राम्रो छ । अन्तराष्ट्रिय सम्बन्ध समितिले एउटा राहादानी विधेयक पास भएर गएको छ । 

लामो समयदेखि विभिन्न पार्टीमा राजनीति गरेर विभिन्न पार्टीको प्रतिनिधित्व गर्दै अहिले संसदमा उपस्थित भएका छौं । अहिलेको स्थिति नेपाललाई समृद्ध नेपाल सुखी नेपाली बनाउने समय हो । राजनीति विचार आस्था आफ्नो ठाउँमा छन । हिजो पाटी बिचमा आस्था र विचारको टक्कर भयो होला एक—आपसमा विवादहरु भए होला तर अवको समय भनेको विकासको समय हो । विकासका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ ।

एकतावद्ध भएर नेपाललाई विकासको शिखरमा पुर्याउन लागि पर्नु पर्छ । सम्पुर्ण नेतृत्व र नेपाली जनतालाई समृद्ध नेपाल निमार्णको लागि सबै एकतावद्ध बनेर लाग्यौं भने त्यसलेमात्र नेपाल सुन्दर बन्न सक्छ र कुनै पनि अप्ठ्यारोले छुदैन । त्यसैले सबै एकताबद्ध हुन आवश्यक छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै