• २०८१ बैशाख १३ बिहीबार

राष्ट्रिय सभाका अध्यक्षले क्रिकेट खेलाडीलाई दिए १०-१० हजार 

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली केही बेरअघि त्रिभुवन विमानस्थलमा आइपुगेको छ । 

यूएईविरुद्धको एक दिवसीय र टी–२० शृङ्खला जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टिमको स्वागतमा विमानस्थल पुगेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले खेलाडी तथा अफिसियलहरुलाई सम्मानस्वरुप जनही १०–१० हजार रुपैयाँ दिएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक सफलता हात पार्दै सम्पूर्ण नेपालीहरुलाई खुशी दिएको भन्दै उनले व्यक्तिगत रुपमा विमानस्थलमै राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडीलाई १०–१० हजार रुपैयाँ दिएका हुन् । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विमानस्थलबाट त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषरमा लगेर सम्मान गर्ने कार्यक्रम रहेको छ । 

नेपाली खेलाडीलाई स्वागत गर्न विमानस्थलमा रातो कार्पेट बिछाइएको थियो भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष पिताम्बर तिम्सिनालगायत पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै