• २०८१ बैशाख ८ शनिबार

बर्दियामा पनि काँग्रेसको सरकार विरोध प्रदर्शन

kharibot

बर्दिया,गुलरिया । नेकपा नेतृत्वको सरकारले गरेका पछिल्ला राजनितिक गतिविधिप्रति असन्तुष्टि जनाउदैं नेपाली काँग्रेस बर्दियाले पनि गुलरियामा विशाल प्रदर्शन गरेको छ । काँग्रेसका कार्यक्रताले प्रदर्शनमा व्यानर, पप्पलेट र झण्डा सहित सडकमा उत्रिएका थिए । 

सरकारले महंगी नियन्त्रण गर्न नसकेको, वाइडबडिका भ्रष्टचारीलाई संरक्षण गर्न खोजेको र निर्मला पन्तका बलात्कारीलाई सार्वजनिक गर्न नसकेको भन्दै नेपाली काग्रेस बर्दियाले सोमबार बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा बिरोध प्रदर्शन गरेको छ ।

नेपाली काँग्रेस बर्दियाको पार्टी कार्यालयबाट शुरु भएको प्रदर्शन बंगलामुखि चोक, राधाकृष्ण चोक, जिल्ला हुलाक कार्यालय, बंगलामुखी मन्दिर मार्ग, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन हुँदै राधाकृष्ण चोकमा गएर कोणसभामा परिणत भएको छ ।

“बर्तमान सरकारले दुई तिहाईको दम्भमा देश चलाउन खोजेको आरोप लगाउँदै देशमा बलात्कार हत्या हिंसा र महंगी नियन्त्रण हुन नसकेकोले विरोध प्रदर्शन गर्न वाध्य भएको” राधा कृष्ण चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली काग्रेस बर्दियाका निमित्त सभापति मिश्रिलाल यादवले बताए ।

देश कम्युनिष्ट सर्वसत्तावाद तर्फ उन्मुख भईरहेको, सरकारको अलोकतान्त्रिक काम कारवाहि विरुद्घ साथै सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक बलजबरजस्ती पारित गरिनु, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थितीमा संवैधानिक परिषदको बैठक राखि महत्वपुर्ण नियुक्तिहरु गरिनु लोकतान्त्रिक मुल्य मान्यताको विपरित रहेको बताउदै विधिको शासनको लागि जनसरोकारहरुको मुद्दामा केन्द्रित रहि विरोध प्रदर्शन गरिएको र्यालीमा सहभागी कांग्रेसका युवा नेता शम्भु रिजालले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै