• २०८१ बैशाख ११ मंगलबार

पाटे बाघ गाँउ पसेपछि एकको मृत्यु र एक घाईते, गाउँले अझै त्रासमा

kharibot

बर्दिया, जमुनी ।  जमुनी गाउँ माघ २१ गते सोमबार बेलुका पाटे बाघको आक्रमणबाट एक जनाको मृत्यु भयो भने एक जना सख्त घाईते भएका छन । 

जमुनी गाउँमा पसेको बाघको आक्रमणबाट बढैयाताल गाउँपालिका २ स्थानीयवासी ६५ बर्षिय चन्द्रबहादुर शाहीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मुत्यु भयो भने सोहि गाउँ कै ३० बर्षिय विजय बि.सी.को उपचार पछि आज घर फर्किएका छन ।

बाघ मृतक शाहिको घर देखि १ सय मिटर पछाडि अडहर बारीमा काम गरिरहेको बेला एक्कासी बाघले आक्रमण गरि घाइते भएर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बाघले आक्रमण गरेको जानकारी प्राप्त भए पछि सबै गाउँले बाघ कता गयो भन्ने खोजिमा रहे र करिव १ घण्टा पछि सोहि स्थानमा बाघ रहेको हुन सक्ने गाउँलेले थाहा पाएपछि सोहि स्थानमा नै सोहि गाँउका विजय बि.सी. माथी बाघले आक्रमण गर्यो । धन्न घाँस काट्ने डोकोले छेक्न भ्याय र बाचियो बाघबाट घाईते भएका बिजयले बताए । त्यो बाघले आक्रमण गर्दाको द्रृश्य सम्झिदा अहिले पनि डर लागेको बिजयले भने ।

बाघ आएको जानकारी आउने प्राप्त हुना साथ नेपाल प्रहरी र सशस्त्र प्रहरी घटना स्थल पुगेका थिए तर बाघ कहा छ भन्ने थाहा नहुदा सुरक्षाकर्मि पनि अलमलमा परेका थिए । आज बिहान पनि बाघको बच्चा पनि देखियो भने पछि निकुञ्ज बाट टोलि समेत आज बिहान जमुनी गाँउ आएको थियो तर पुरै गाँउ घुम्दा पनि बाघको पत्ता लाग्न सकेन । 

बाघको आक्रमणबाट थप क्षति हुन नदिनका स्थानीय बासिन्दालाई अझै पनि बिना काम घरबाहिर ननिस्कन प्रहरीले गाँउलेलाई जानकारी दिएको छ । 

बाघको आक्रमण भएको घटनाले गाँउ नै मर्महाक भएको छ नेपाली काँग्रेसका नेता शम्भु रिजालले भने । दुखद घटना पछि अझै पनि गाँउलेमा डर त्रास रहेको समेत रिजालले बताए । मृतक र घाइतेका परिवारको क्षतिपुर्तिका लागि पनि वन कार्यालय र निकुञ्जसँग कुराकानी भै रहेको समेत रिजालले जानकारी दिए ।

बाघ बर्दिया निकुञ्जबाट अथवा भारतको जंगलबाट गाउँ पसेको हुन सक्ने अनुमान गरिएको डिभिजन वन कार्यालय बर्दियाका वन अधिकृत श्याम लोप्चनले बताए । क्षतिपुर्तिको बिषयमा बाघबाट मृत्यु भएकालाई कानुन सम्वत १० लाख सम्म र घाइतेलाई अधिकतम २ लाख सम्म क्षतिपुर्तिको दिन सक्ने व्यवस्था रहको समेत लोप्चनले भने ।

मृतक शाहिका ४ छोराहरु रहेका छन । शाही आफ्नो श्रीमति कृष्ण कुमारी शाहीसँग बस्दै आएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै