• २०८१ बैशाख ८ शनिबार

किन चर्चामा हुन्छ एल क्लासिको, यस्तो छ इतिहास 

kharibot

काठमाडौँ । स्पेनिश ला लिगाको बार्सिलोना र रियल म्याड्रिडबीचको कोपा डेल रे अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा एल क्लासिको भिडन्त आज राति हुदै छ । 

यस सिजनमा यी दुई टिमबीच दोस्रो पटक एल क्लासिकोमा भिड्दै छन् । यसअघि सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाले गत अक्टोबरमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-१ गोल अन्तरले पराजित गरेको थियो । सो खेलमा पराजित भएपछि रियलका तत्कालिन म्यानेजर जुलियन लोपेगेटोई बर्खास्तमा परेका थिए । 

जुन प्रतियोगितामा भएपनि विश्व फुटबलमा एल क्लासिकोको विशेष महत्व रहेको छ । 

यस सिजनमा रियल म्याड्रिडमा क्रिस्टियानो रोनाल्डो नरहेको अवस्थामा र बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेसी घाइते भएको अवस्थामा एल क्लासिकोको चर्चा अलि कम भएपनि एल क्लासिकोका फ्यानहरुको कमि भने भएको छैन । पछिल्लो खेलमा घाइते भएका मेसीले मंगलबारको प्रशिक्षणमा भाग लिएर एल क्लासिकोमा खेल्ने संकेत गरेका छन् । 

पछिल्लो १० बर्षमा ८ पटक रियल र बार्सिलोनाले कोपाको उपाधि जितेको अवस्थामा बार्सिलोना लगातार पाचौ पटक उपाधि जित्ने दाउमा छ भने रियल म्याड्रिड बार्सिलोनाको विजयीक्रमलाई रोक्ने प्रयासमा रहेको छ ।   

एल क्लासिकोको इतिहास :

आइतबार हुने एल क्लासिको खेल २७३औ खेल हुने छ । स्पेनका दुई महारथी टिमबीच अहिलेसम्म ला लिगामा १७७,  कोपामा ३३, कोपा डे ला लिगामा ६, सुपर कोपामा १४ च्याम्पियन्स लिगमा ८ गरि अहिलेसम्म २३८ एल क्लासिको भएका छन् भने दुई टिमबीच फ्रेन्डली ३४ एल क्लासिको गरि कुल २७२ खेल भएका छन् । जसमा बार्सिलोनाले कुल ११३ खेल जितेको छ भने रियल म्याड्रिडले ९९ खेल जितेको छ । त्यस्तै ५९ एल क्लासिको बराबरीमा सकिएका छन् । फ्रेन्डली एल क्लासिको बाहेकका एल क्लासिको खेलमा रियलले ९५ र बार्सिलोन ले ९३ खेलमा जित हासिल गरेको छ । 

एल क्लासिको रेकर्ड : 

एल क्लासिकोमा अहिलेसम्म सन १९४३ मा कोपा डेल रेको खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई ११-१ गोल अन्तरले पराजित गरेको थियो । यो एल क्लासिकोमा अहिलेसम्म ठुलो गोल अन्तरले हारजित भएको खेल हो ।

त्यस्तै ला लिगामा भने बार्सिलोनाले सन १९५७ मा ७-२ गोल अन्तरले रियल म्याड्रिडलाई पराजित गरेको थियो । जुन अहिलेसम्मको ठुलो गोल अन्तरमा भएको हारजित हो ।

त्यस्तै एल क्लासिकोमा रियल म्याड्रिड सन १९३१ देखि १९३५ सम्म खेलेका लगातार १४ खेलमा अपराजित भएको थियो भने बार्सिलोना सन १९१७ देखि १९३८ सम्म खेलेका १३ खेलमा लगातार विजयी भएको थियो ।

एल क्लासिकोमा ५ खेलाडीले दुई ह्याट्रिक गरेका छन् । जसमा जैमे लाजकानो, सान्टिगो बेर्नाबु, पौलिन्हो अल्कानटारा, लियोनेल मेसी र फेरेंक पुकास रहेका छन् ।

एल क्लासिकोको इतिहासमा सबै भन्दा बढी गोल असिस्ट बार्सिलोनाका लियोनेल मेसीले गरेका छन् । मेसीले अहिलेसम्म १४ गोल असिस्ट गरेका छन् ।

त्यस्तै एल क्लासिकोको इतिहासमा सबैभन्दा बढी क्लासिको खेल्ने खेलाडी रियल म्याड्रिडका म्यानुयेल संचिस हुन् उनले ४३ क्लासिको खेलेका छन् । त्यस्तै रियलकै फ्रान्सिस्को गेंटो ४२, बार्सिलोनाका जाभी ४२, रियलका सर्जियो रामोसले ४०, बार्सिलोनाका आन्द्रे इनेस्टा, लियोनेल मेसीले ३८-३८ खेल खेलेका छन् भने रियलका राउल, रियलकै इकर कासिल्लासले ३७-३७ एल क्लासिको खेलेका छन् । 

क्लासिकोमा मेसी:

बार्सिलोनाका लियोनेल मेसीले अहिलेसम्म एल क्लासिकोका ३८ खेल खेलेका छन् जसमा मेसीले १८ खेलमा जित हासिल गरेका छन् भने ८ वटा खेल बराबरीमा सकिएका छन् ।

त्यस्तै मेसीले १२ वटा खेलमा हार बेहोरेका छन् । १७ जित मध्ये मेसीले १४ ला लिगाका क्लासिकोमा जित हासिल गरेका छन् भने दुई च्याम्पियन्स लिग क्लासिकोमा जित हासिल गरेका छन् । मेसीले च्याम्पियन्स लिगका क्लासिकोमा रियलविरुद्ध हार बेहोर्नु परेको छैन । अहिलेसम्म खेलेका दुतीन खेलमा दुई खेलमा जित र एक खेल बराबरीमा सकिएका छन् ।

एल क्लासिकोमा रोनाल्डो र मेसीले अहिलेसम्म कति गोल गरे होलान् ? पहिला मेसीको कुरा गरौ । मेसीले एल क्लासिकोमा खेलेका ३७ खेलमा कुल २६ गोल गरेका छन् । 

मेसीले ला लिगाका २४ खेलमा १८ गोल गरेका हुन् भने सुपर कोपाको ६ खेलमा ६ गोल गरेका हुन् । त्यस्तै च्याम्पियन्स लिगमा दुई गोल गरेका हुन् । मेसीले कोपा डेल रेका ६ क्लासिकोमा कुनै गोल गरेका छैनन् ।

मेसीले अहिलेसम्म २६ गोल गर्दै एल क्लासिकोको इतिहासमा धेरै गोल गर्ने खेलाडी हुन् । मेसी पछि रियल म्याड्रिडका अल्फ्रेडो स्टेफनोले १८ गोल गरेका छन् भने रियलकै रोनाल्डोले १८ गोल गरेका छन् । रियल म्याड्रिडकै राउलले १५ गोल गरेका छन् ।  अहिले खेलिरहेका खेलाडीमा रियलका करीम बेन्जामा र बार्सिलोनाका लुइस स्वरेजले एल क्लासिकोमा ९-९ गोल गरेका छन् ।    

एल क्लासिकोमा गोल असिस्ट :

एल क्लासिकोमा मेसीले खेलेका ३८ खेलमा १४ गोल असिस्ट गरेका छन् । त्यस्तै मेसीले ६५ पटक गोल गर्ने अवसर सिर्जना गरेका छन् । त्यस्तै असिस्ट र टिम खेलमा रोनाल्डो मेसी भन्दा धेरै पछाडी रहेका छन् । रोनाल्डोले खेलेका २९ क्लासिको खेलमा केबल एक खेलमा असिस्ट गरेका छन् भने १४ पटक गोल गर्ने अवसर सिर्जना गरेका छन् ।

माथिका आँकडाको विश्लेषण गर्दा अवार्ड र अन्य आँकडामा मेसीभन्दा रोनाल्डो अगाडी भएपनि क्लासिकोका किंग मेसी नै हुन् । किनकी गोल गर्ने, असिस्ट गर्ने र अवसर सिर्जना गर्ने सबै पक्षमा क्लासिको खेलमा रोनाल्डो भन्दा मेसी धेरै अगाडी देखिएका छन् ।

सम्भावित खेलाडी :

एल क्लासिकोमा बार्सिलोनाबाट मेसी खेल्ने नखेल्ने अझै टुंगो लागेको छैन । यद्यपी मेसीले मंगलबारको टिमको प्रशिक्षणमा भाग लिएर इन्जुरीबाट निस्किन खोजेको संकेत भने दिएका छन् । बार्सिलोनाले एकल क्लासिकोमा खेल्ने खेलाडीको सुचीमा भने मेसीलाई समावेश गरिएको छ । 

बार्सिलोनाबाट सार्वजनिक गरिएको खेलाडी सुचीमा ओसमान डेम्बेले, र सम्युयल उमटिटि भने इन्जुरीका कारण समावेश गरिएको छैन ।

बार्सिलोनाको टिममा मेसी, स्वरेज, पिके, टेर स्टेगेन, कोटिन्हो, सेमेडो, राकिटिक, माल्कम, अर्थर, सर्जियो रोबोर्टो, अल्बा, बोट्याङ, भिडाल, भर्मेलेन, पेना, लांगलेट, मुरिल्लो रहेका छन् । 

त्यस्तै रियल म्याड्रिडबाट भने ग्यारेथ बेल प्लेइङ ११ मा पर्ने सम्भावना कम रहेको बताइएको छ । रियलबाट १८ बर्षिय भिनिसियस जुनियर भने टिममा पर्ने निश्चित रहेको छ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै