• २०८१ बैशाख ८ शनिबार

ट्रम्प र किमको दोस्रो शिखर वार्ता भियतनाममा हुने 

kharibot

फाइल तस्बीर

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर सम्मेलन आउदो फेब्रुअरी २७ र २८ मा भियतनाममा हुने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसदलाई सम्बोधन गर्दै उत्तर कोरियाली नेता किम सँग यहि फेब्रुअरी २७ र २८ मा भियतनाममा दोस्रो शिखर सम्मेलन हुने जानकारी दिएका हुन् ।  

यस अघि दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाको सत्तारुढ दल कोरियन वकर्स पार्टीको केन्द्रीय कमिटिका उपाध्यक्ष किम योङ चोलसँग ओभल अफिसमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई केहि साता अघि भेटेका थिए । 

दशकौँदेखि उत्तर कोरिया र अमेरिकाबीच जारी द्वन्द्वको अन्त्यको वार्ताको लागि चोलको नेतृत्वमा उत्तर कोरियाली उच्च अधिकारीको टोली वासिङ्टन भ्रमण गएको थियो । 

उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्ध गत वर्षबाट सुधार भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिङ्गापुरमा शिखर वार्ता भएको थियो । 

सो पहिलो शिखर वार्तामा छिट्टै नै अर्को शिखर वार्ता हुने भनिएपनि आउने फेब्रअरीको अन्त्यमा मात्रै हुने भएको हो । दोस्रो शिखर सम्मेलनको आतिथ्यता भने भियतनामले गर्ने इच्छा व्यक्त गरे पछि अब दोस्रो शिखर वार्ता भियतनाममै हुने भएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै