• २०८१ बैशाख ८ शनिबार

एनसेलको लाभकर एक्जियटाबाटै असुल्न सर्वोच्चको परमादेश

kharibot

काठमाडौं । सर्वोच्च अदालतले एनसेल खरिदबिक्री बापतको लाभकर एनसेल एक्जियटाबाटै असुल्न परमादेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको वृहत् पूर्ण इजलासले आज लाभकर एनसेल र खरिदकर्ता मलेसियन कम्पनी एक्जियटाबाटै असुल्न सरकारका नाममा परमादेश जारी गरेको हो ।

प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत पूर्ण इजलासमा एनसेल सम्बन्धि मुद्धाको सुनुवाइ भएको थियो ।

स्विडिस कम्पनी टेलिया सोनेराले एनसेललाई मलेसियन कम्पनी एक्जियटालाई बेचेर नेपालबाट फिर्ता भइसकेको छ ।

ठूला करदाता कार्यालयका अनुसार उक्त रकम करीब ३८ अर्ब रहेको छ । एनसेलले यसअघि लाभकर तिरिसकेकाे भन्दै सर्वाेच्चमा दर्ता गरेकाे मुद्दा भने खारेज भएकाे छ। सर्वोच्चको यो फैसलासँगै अब एनसेलको करछली प्रकरण सकिएको छ । लाभकार अब एनसेल र एक्जियटाले नै नै तिर्नुपर्ने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै