• २०८१ बैशाख ११ मंगलबार

एल क्लासिको बराबरीमा, बार्सिलोनाविरुद्ध रियलको सुधारिएको प्रदर्शन 

kharibot

काठमाडौँ । कोपा डेल रे अन्तर्गतको सेमिफाइनलको पहिलो लिगको एल क्लासिको बराबरी भएको छ । 

गएराती भएको रियल म्याड्रिड र बार्सिलोनाबीचको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडले खेलको छैठौ मिनेटमा नै गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । रियलका लागि लुकास भाजक्वेजले गोल गरेका थिए ।

पहिलो हाफमा १-० को अग्रता लिएको रियलले खेलको ५७औ मिनेटमा गोल खाएको थियो । बार्सिलोना खेलमा फर्किदै खेलको ५७औ मिनेटमा माल्कमको गोलमा खेलमा फर्किएको थियो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल १-१ को बराबरीमा सकियो ।

खेलको दोस्रो हाफमा बार्सिलोनाका लियोनेल मेसी मैदानमा कोटिन्होको ठाउमा प्रवेश गरेका थिए भने रियलले पनि ग्यारेथ बेललाई दोस्रो हाफमा भिनिसियसको ठाउमा प्रवेश गराएको थियो ।

अब सेमिफाइनलको दोस्रो लिग फेब्रुअरी २७ मा रियल म्याड्रिडको घरेलु मैदानमा हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै