• २०८१ बैशाख ७ शुक्रबार

अर्जेन्टिनी फुटबलर साला र पाइलटको शव निकालियो 

kharibot

काठमाडौँ । विमानसँगै बेपत्ता भएका अर्जेन्टिनी फुटबलर एमिलियानो सालाको शव बिमानबाट निकालिएको छ ।

समुन्द्रमा भेटिएको विमानभित्र रहेका मृत शरीर बाहिर निकालिएको बेलायतको दुर्घटना अनुसन्धान ब्युरोले जानकारी दिएको छ । यद्यपि विमानमा भेटिएको शब पहिचान गर्न मुश्किल भएकाले यसलाई अनुसन्धान गरेर मात्र विस्तृत रिपोर्ट दिने ब्युरोले जानकारी गराएको छ ।

बेपत्ता सो विमानमा फुटबलर सालासँगै पाइलट डेभिड इबोटसन पनि रहेका थिए । 

प्रिमियर लिग क्लब कार्डिफ सिटीसँग सम्झौता गरेका साला फ्रान्सको नान्टेसबाट कार्डिफ आउने क्रममा गत जनवरी २१ मा विमानसँगै वेपत्ता भएका थिए । 

सरकारी स्तरबाट दुई हप्ताको खोजि कार्य गाडा विमान नभेटिएपछि खोजि कार्य बन्द गरिएकोमा निजी स्तरबाट रकम संकलन गरेर सालाको बेपत्ता विमान खोजि कार्य अगाडी बढाइएको थियो । उनको विमान इङलिस च्यानल आइल्याण्ड नजिक दुर्घटना भएर समुन्द्रको सतहमा भेटिएको थियो । सरकारी खोज बन्द गरिएको भएपनि उनको खोजिको लागि ३ लाख पाउण्डभन्दा बढी सहयोग जुटाइएको थियो । त्यसमा अर्जेन्टिनी फुटबलर लियोनेल मेसी, सर्जियो अग्युरो लगायतले समेत सहयोग गरेका थिए ।  

दुर्घटना अनुसन्धान ब्युरोले दुर्घटनाको विस्तृत विवरण एक महिनामा आउने जानकारी दिएको छ ।

२८ बर्षिय फुटबलर साला फ्रेन्च क्लब नान्तेजबाट १३२ खेल खेल्दै ४८ गोल गरेका थिए । नान्तेजबाट प्रिमियर लिग क्लब कार्डिफसँग १५ मिलियन डलरमा सम्झौता गरेका साला कार्डिफ आउने क्रममा विमानसहित बेपत्ता भएका थिए ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै