• २०८१ बैशाख ८ शनिबार

सिन्धुलीमा बोलेरो दुर्घटना, ५ जनाको मृत्यु 

kharibot

सिन्धुली । सिन्धुलीको फिकल गाउँपालिका–२ चण्डी भञ्याङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन । 

फिकलबाट सिन्धुलीमाडी तर्फ जाँदै गरेको बा १५ च ९४२२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  दुर्घटनामा ४ जनाको घटनास्थलमा र एकजनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । 

मृत्यु हुनेमा सिन्धुली फिक्कल गाउँपालिका वडा नम्बर २ बस्ने तिलमाया बिक, कुलमान तामाङ,   लक्ष्मी बिक, अनिता महतो र वडा नम्बर ३ की शान्तिमाया श्रेष्ठ  रहेका छन् ।  

प्रहरीका अनुसार बुलोरोमा चालकसहित १२ जना सवार मध्ये ३ महिला र एक पुरुषको घटना स्थलमै मृत्यु भएको हो । घाइतेलाई उपचारको लागि स्थानीय  बारमथुम्की अस्पताल र खुर्कोट ल्याइएको छ ।   

घाईतेहरुमा  फिक्कलल गाउँपालिका फिक्कल २ चन्डिभन्ज्याङ्ग बस्ने  दिपक कुमार सुनुवार र मान बहादुर सुनुवारको अवस्था गम्भीर रहेको छ भने सिन्धुली तीनपाटन बस्ने गणेश घिसिङ, जय प्रसाद न्यौपाने, चन्द्रमाया बिक, राजेश सुनुवार र नन्दलाल बिकको अवस्था सामान्य रहेको छ । त्यस्तै दिपक श्रेष्ठ र  गंगामाया बिकलाई थप उपचारको लागि धुलिखेल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै