• २०८१ बैशाख १४ शुक्रबार

भेनेजुएला संकटबारे मोन्टेभिडियोमा अन्तर्राष्ट्रिय सम्मेलन, मदुरो र गुएइदो पनि सहभागी हुने 

kharibot

मोन्टेभिडिओ (उरुग्वे) । भेनेजुएलामा जारी राजनीतिक संकट समाधानको लागि उरुग्वेको राजधानी मोन्टेभिडियो बिहीबार एक अन्तराष्ट्रिय स्तरको बैठक सुरु हुने भएको छ ।

त्यस वार्तामा भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलास मडुरो र उनका विपक्षी तथा हालैमात्र आफलाई सो देशको अन्तरिम राष्ट्रपतिको रुपमा घोषणा गरेका हुवाँ गुइदो पक्षको पनि सहभागिता रहने बताइएको छ ।

भेनेजुएलको राष्ट्रपति निकोलास मडुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताएको केही दिनपछि यस देशको संकट समाधानार्थ यो वार्ताको आयोजना गरिएको बताइएको छ ।

उनले गएको आइतबार मात्र स्पेनको एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सो धारणा राखेका थिए । अर्कातर्फ नेता गुइदोले पनि आफूलाई अमेरिका, पश्चिमा राष्ट्रहरु तथा पछिल्लो समयमा गत हप्तामात्र युरोपेली युनियनको पनि समर्थन रहेकोले आफू नै यहाँको राष्ट्रपति भएको बताएका छन् ।

उक्त बैठकमा युरोपेली युनियन, आठओटा अरु युरोपेली देश र पाँचओटा ल्याटिन अमेरिकी देशका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ ।

युरोपेली युनियनको कूटनीतिक स्रोतका अनुसार सो बैठकमा खासगरी हालैका दिनमा भेनेजुएलामा जारी रहेको राजनीतिक संकटको समाधानका लागि आवश्यक विभिन्न प्रयास तथा विकल्पहरुका बारेमा छलफल गरिनेछ ।

उक्त बैठकको अग्रसरता मेक्सिको र उरुग्वेले लिएका समाचारमा जनाइएको छ । भेनेजुएलामा यो समस्याको सुरुआत भएपछि यी दुई देशलाई तटस्थ देशका रुपमा लिइएको छ ।

यसअघि युरोपेली युनियनले पनि मध्यस्थताको प्रयास गरेको थियो । युरोपेली युनियनले केही ल्याटिन अमेरिकी देशहरुको सहयोगमा भेनेजुएलाको राजनीतिक संकटक समाधानको प्रयास थालेको थियो ।

सोही समाधानस्वरुप नै युरोपेली युनियनले यस देशलाई जतिसक्दो चाँडो निर्वाचनको आयोजना गर्न भनेको थियो । युरोेपेली युनियनले निर्वाचनको घोषणा गर्न गएको आइतबारसम्मको समय दिएकोमा सो निर्वाचन घोषणा गर्न राष्ट्रपति मडुरोले नमानेपछि युरोपेली युनियनले पनि मडुरोको समर्थन गरेको छैन ।

गत महिना गुइदोले आप्mलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशले उहाँलाई नै समर्थन गरेका थिए ।

आफूले विश्वका शक्ति राष्ट्रको समर्थन प्राप्त गरेको भन्दै उहाँले आफू नै भेनेजुएलाको राष्ट्रपति भएको बताउने गरेका छन् ।

भेनेजुएलामा अहिले पनि सत्ताको लागि संघर्ष शुरु भएको बताइएको छ । मडुरोले आफू नै निर्वाचन निर्वाचित राष्ट्रपति भएको बताउनुहुन्छ भने गुइदोको दाबी पनि आफू नै हुँ भन्ने रहेको छ ।

यहाँ बढ्दै गएको राजनीतिक संकटको समाधानका लागि समय अगावै आमनिर्वाचन गर्नुपर्ने र त्यसलाई सत्ता पक्ष र विपक्षीले पनि मान्नुपर्ने धारणा युरोपेली युनियनको छ भने अमेरिका लगायतका केही पश्चिमा मुलुकहरुले भने गुइदो नै राष्ट्रपति भएको बताएका छन् ।

विपक्षीले तत्काल निर्वाचनको वातावरण नबनाएमा मडुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएकाका छन् भने मडुरोले यहाँको सङ्कट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्न नसक्ने बताइसकेका छन् ।

गत महिना गुइदोले आफैँलाई अन्तरिम राष्ट्रपतिका रुपमा घोषणा गरेपछि यहाँको राजनीतिक संकट बढेको हो । उनको यो कदमलाई अमेरिकाले समर्थन गरेपछि यसले विश्वका राष्ट्रहरु पक्ष र विपक्षमा उभिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै