• २०८१ बैशाख ११ मंगलबार

पूर्वाधार विकास बैंकलाई राष्ट्र बैंकको संचालन अनुमति

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई संचालन अनुमति दिएको छ । राष्ट्र बैंकको बिहीबार बसेको संचालक समिति बैठकले पूर्वाधार विकास बैंकलाई अनुमति दिएको हो । 

ठूला पूर्वाधारमा लगानी गर्ने गरी स्थापना गर्न थालिएको उक्त बैंकक चुक्ता पुजीँ २० अर्ब रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत पूर्वाधार विकास बैंक स्थापना गर्ने उल्लेख गरिएको थियो । चालु आबको बजेटले २०७६ को असार मसान्तभित्रै पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिबद्धता जनाएको थियो।

नेपाल सरकारको १० प्रतिशत लगानी भएको उक्त बैंकमा ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्व–साधारणको लगानी रहनेछ। बैंकमा ५० प्रतिशत निजी क्षेत्रको लगानी हुनेछ।

संस्थापक समूहमा विभिन्न बैंक तथा बिमा कम्पनीहरु लगायत उद्योगी व्यापारीहरु छन्। विदेशी बैंक तथा वित्तिय संस्थाहरुलाई समेत लगानी गर्न अनुकुल हुने गरी बैंक स्थापना गर्न थालिएको हो । बैंकमा नेपाल सरकार सहित सात जनाको संचालक समिति हुनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै