• २०८१ बैशाख ११ मंगलबार

बिस्तारै गाडी चलाउँनुस् , घरमा पर्खेका छन् !

kharibot

बारा । प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैया बाराले सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत सुरक्षित यात्राको लागि चालक , यात्रु र सवारी साधनको यान्त्रिक अवस्थाको निरिक्षण तथा आखाँ परिक्षण कार्यक्रम अभियानका रुपमा गरेको छ । 

यस प्रदेशमा बढ्दै गएको सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्य सहिँत ट्राफिक प्रहरी, अटोमोबाईल्स् मेकानिकल्स र आखाँका डाक्टरहरु सहिँतको संयुक्त टोलीले यो अभियान सञ्चालनमा ल्याएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रहरी प्रधान कार्यालय, एवम अवराध अनुसन्धान विभाग राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालका प्रहरी नायब महानिरिक्षक पूर्णचन्द्र जोसीले ट्राफिक प्रहरीलाई कम जनस्रोतबाट धेरै काम गर्ने अवस्था रहेको बताएका छन् । 

उनले ३२ लाख ५० हजार सवारीको संख्या रहेको नेपालमा हाल दुई हजार चार सय ६७ जना ट्राफिक प्रहरीको दरबन्दि रहेको जसमा ३२ सय ८५ ओटा ट्राफिक प्रहरी कार्यर्त रहेको जानकारी दिए । 

जोशीले प्रदेश नम्बर २ मा पाँच हजार नौं सय ९१ किलोमिटर सडक संजाल रहेको जानकारी गराउँदै यती सडक संजालका लागि २ सय ८७ वटा दरबन्दिमा तीन सय ३६ जना कार्यर्त रहेको र यती कम जनशक्तीले गरेको काम सराह्निय रहेको जानकारी दिए ।

 “नो एक्सिडेन्ट–नो ड्यामेज” भन्ने नाराका साथ सञ्चालित यस अभियानको मुख्य उद्देश्य सवारी चालक, यात्री, अन्य सडक प्रयोग कर्ताहरुमा पर्याप्त सुरक्षित सडक प्रयोग सम्बन्धि सचेतना फैलाउँनु रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैया बाराका ट्राफिक प्रहरी उपरिक्षक किरण बज्रचार्यले बताईन् । 

ओभर स्पिड, क्षमता भन्दा बढि सवारी साधन राख्नु, सवारीलाई सहि तरिकाले मर्मत नगर्नु र चलाकमा देखा परेको आखाँ सम्बन्धि समस्याका कारण सवारी दुर्घटना हुँने गरेको बताउँदै ट्राफिक प्रहरी उपरिक्षक बज्रचार्यले सँधै ट्राफिक प्रहरीले जरिवाना गर्ने काम गर्दै आएको तर, यस अभियान अन्तरर्गत सवारी चालक र यात्रीहरुलाई सहि तरिकाले यात्रा गर्ने तरिका जानकारी गराउँने काम प्रहरीले गरेको बताईन् ।

उनले यस अभियानलाई प्रदेश नम्बर २ का हरेक जिल्लामा हरेक १५ दिनको फरकमा साथै दशैं तिहारमा हुँने गलत गतिबिधि नियन्त्रण गर्ने गरी सञ्चालन गर्ने जानकारी दिए ।

सचेतना कार्यक्रममा तराईका विभिन्न स्थानबाट देशको राजधानी सहिँत अन्य स्थानमा रात्रीको समयमा जाने सजारी साधनमा ट्राफिक प्रहरीले देखिएका समस्यालाई तत्काल सुधार गर्न लगाउँने र यात्रीहरुलाई समेत यात्रा गर्ने क्रममा ध्यान दिनु पर्ने कुरा जानकारी गराएका थिए । साथै चालकहरुको आँखा चेकजाँच गराउँने र समस्या भएका चालकहरुलाई तत्काल उपचार गर्न आग्रह गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै