फिफा वरियतामा नेपाल यथावत, कतारको ३८ स्थान सुधार, भारत सयबाट बाहिरियो 

खरीबोट

काठमाडौँ । विश्व फुटबल महासङ्घ (फिफा)ले आज आज सार्वजनिक गरेको वरियतामा नेपाल १६१ औ स्थानमा यथावत नै रहेको छ । नेपाल अघिल्लो महीनामा पनि सोही स्थानमै थियो । 

वरियतामा दक्षिण एशियाली राष्ट्रहरुको अवस्था केही तल पुगेको छ । उत्कृष्ट १०० भित्र दक्षिण एशियाली राष्ट्रहरु पर्न समेत सकेका छैनन् । वरियतामा भारत छ स्थान तल झर्दै १०३औँ स्थानमा पुगेको छ । यसअघि भारत ९७औँ स्थानमा थियो । त्यस्तै माल्दिभ्स १५२ औँ स्थानमा रहँदा भुटान १८६ औँ, बङ्गलादेश १९२ औँ, पाकिस्तान १९९ औँ र श्रीलङ्का २०१ औँ स्थानमा छन् । 

केही दिनअघि मात्रै जापानलाई पराजित गर्दै एशिया कपको उपाधि जितेको कतार वरियतामा माथि उक्लिएको छ । यसअघि ९३औँ स्थानमा रहेको कतारले कतारले ३८ स्थान सुधार गर्दै विश्व वरियतामा ५५औँ स्थानमा उक्लिएको छ । 

विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम शीर्ष स्थानमा कायमै छ । त्यस्तै विश्वविजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो, इग्ल्यान्ड पाँचौ, पोर्चुगल छैटौँ, उरुग्वे सातौँ, स्वीट्जरल्यान्ड आठौँ, स्पेन नवौँ र १० औँ स्थानमा डेनमार्क रहेका छन् । अर्जेन्टिना भने ११ औँ स्थानमा छ । 

सम्बन्धित समाचार

माधव नेपालको वरियता खोसियो, झलनाथ अब तेस्रो वरियतामा

काठमाडौं । सत्तारुढ नेपाल  कम्युनिस्ट पार्टी (नेकपा) को वरीयतामा वरिष्ठ नेता माधवकुमार नेपालको वरियता खोसिएको छ ।  आइतबार साँझ बसेको नेकपाको सचिवालय बैठकले वरिष्ठ नेताको पहिलो वरीयतामा खनाललाई राखेको छ भने

टी–२० को अलराउण्डरतर्फको वरियतामा पारसको ठुलो छलाङ

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले टी–२० वरियतामा अलराउण्डरतर्फको वरियतामा ठुलो छलाङ मारेका छन् । बुधबार सार्वजनिक वसिरयता क्रममा खड्का २५ औं स्थानमा छन् । यसअघि खड्का ३९औं नम्बरमा

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को फुटबल विश्व बरियतामा नेपाल एक स्थान तल झर्दै १६६औं स्थानमा पुगेको छ । फिफाले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपाल एक स्थान तल झरेको

फिफा वरियतामा नेपाल चार स्थान तल

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को फुटबल विश्व बरियतामा नेपाल चार स्थान तल झर्दै १६५औं स्थानमा पुगेको छ । फिफाले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपाल चार स्थान तल झरेको


z