• २०८१ बैशाख १२ बुधबार

समुन्द्रमा विमानसँगै भेटिएको शव फुटबलर सालाको भएको पुष्टि

kharibot

काठमाडौँ । समुन्द्र सतहमा विमानसँगै भेटिएको शव बेपत्ता भएका अर्जेन्टिनी फुटबलर एमिलियानो सालाको भएको पुष्टि भएको छ ।

समुन्द्रमा भेटिएको विमानभित्रबाट विहिबार मृत शरीर बाहिर निकालिएको बेलायतको दुर्घटना अनुसन्धान ब्युरोले जानकारी दिएको थियो । ब्युरोले एक विज्ञप्ति निकाल्दै सो शव फुटबलर सालाको भएको पुष्टि भएको बताउदै उनका परिवारलाई खबर गरिएको जनाएको छ । यसअघि शव बाहिर निकाले पनि सो शव पाइलट या साला कसको हो भन्ने पहिचान नभएको ब्युरोले जनाएको थियो । 

बेपत्ता सो विमानमा फुटबलर सालासँगै पाइलट डेभिड इबोटसन पनि रहेका थिए । 

प्रिमियर लिग क्लब कार्डिफ सिटीसँग सम्झौता गरेका साला फ्रान्सको नान्टेसबाट कार्डिफ आउने क्रममा गत जनवरी २१ मा विमानसँगै वेपत्ता भएका थिए । उनको विमान इङलिस च्यानल आइल्याण्ड नजिक दुर्घटना भएर समुन्द्रको सतहमा भेटिएको थियो ।

सरकारी स्तरबाट दुई हप्ताको खोजि कार्य गाडा विमान नभेटिएपछि खोजि कार्य बन्द गरिएकोमा निजी स्तरबाट रकम संकलन गरेर सालाको बेपत्ता विमान खोजि कार्य अगाडी बढाइएको थियो । 

सरकारी खोज बन्द गरिएको भएपनि उनको खोजिको लागि ३ लाख पाउण्डभन्दा बढी सहयोग जुटाइएको थियो । त्यसमा अर्जेन्टिनी फुटबलर लियोनेल मेसी, सर्जियो अग्युरो लगायतले समेत सहयोग गरेका थिए ।  

दुर्घटना अनुसन्धान ब्युरोले दुर्घटनाको विस्तृत विवरण एक महिनामा आउने जानकारी दिएको छ ।

२८ बर्षिय फुटबलर साला फ्रेन्च क्लब नान्तेजबाट १३२ खेल खेल्दै ४८ गोल गरेका थिए । नान्तेजबाट प्रिमियर लिग क्लब कार्डिफसँग १५ मिलियन डलरमा सम्झौता गरेका साला कार्डिफ आउने क्रममा विमानसहित बेपत्ता भएका थिए ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै