न्युजील्याण्डमाथि भारतको सहज जित, रोहितको टी-२० मा सर्वाधिक रन 

खरीबोट

काठमाडौं । न्युजील्याण्डसँगको दोस्रो टी-२० मा भारत विजयी हुदै सिरिज बराबरी गरेको छ । आज भएको खेलमा भारतले ७ विकेटले जित हासिल गरेको हो ।

न्युजील्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको भारतले ३ विकेट गुमाउदै १८.५ ओभरमा जित हासिल गरेको थियो ।

भारतको जितमा रोहित शर्माले सर्वाधिक ५० रन बनाए । रोहितले २९ बलमा ५० रनको तुफानी पारी खेल्दै भारतलाई जित दिलाएका थिए । रोहितले टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म सर्वाधिक रनको रेकर्ड समेत बनाएका छन् । यसअघि न्युजील्याण्डकै मार्टिन गप्टिलको २२७२ रनको रेकर्डलाई तोड्दै रोहितले २२८८ रन बनाएका छन् ।

त्यस्तै भारतका लागि रिषव पन्तले अविजित ४०, सिखर धवनले ३०, महेन्द्र सिंह धोनीले अविजित २० तथा विजय शंकरले १४ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको न्युजील्याण्डले २० ओभरमा ८ विकेट गुमाउदै १५८ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि ग्राण्डहोमले सर्वाधिक ५० रन बनाएका थिए । त्यस्तै रोज टेलरले ४२ र कप्तान केन विलियम्सनले २० रन बनाएका थिए । 

भारतीय बलर क्रुनाल पाण्डेयले ३ विकेट लिए भने खालिद अहमदले २ तथा भुवनेश्वर कुमार र हार्दिक पाण्डेयले एक एक विकेट लिएका थिए ।

तीन खेलको सिरिज अब १-१ को बराबरी भएको छ भने सिरिजको निर्णायक खेल फेब्रुअरी १० मा हुने छ ।   
 

सम्बन्धित समाचार

भारतविरुद्धको टी-२० सिरिजमा न्युजील्याण्डको कब्जा 

काठमाडौं । न्युजील्याण्डले भारतविरुद्धको टी-२० सिरिज जितेको छ । आज सम्पन्न अन्तिम टी-२० खेलमा ४ रनले जित हासिल गर्दै न्युजील्याण्डले तीन खेलको सिरिज २-१ ले जितेको हो । न्युजील्याण्डले दिएको २१३

पहिलो टी-२० मा भारतमाथि न्युजील्याण्डको शानदार जित 

काठमाडौँ । न्युजील्याण्डले टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा भारतलाई ८० रनले पराजित गरेको छ । २२० रनको लक्ष्य पाएको भारत १९.२ ओभरमा १३९ रन बनाएर अलआउट भएपछि न्युजील्याण्डले खेल ८० रनले

पहिलो टी-२० मा न्युजील्याण्डले भारतलाई दियो २२० रनको लक्ष्य 

काठमाडौँ । न्युजील्याण्डले टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा भारतलाई २२० रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको न्युजील्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै २१९ रन बनाएको हो । न्युजील्याण्डका

न्युजील्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारत ४-१ ले विजयी  

काठमाडौँ । न्युजील्याण्डविरुद्धको पाँचौ एकदिवसीय खेलमा जित हासिल गर्दै भारतले एकदिवसीय सिरिज ४-१ ले जितेको छ । भारतले पाचौ एकदिवसीय खेल ३५ रनले जितेको हो । भारतले दिएको २५३ रनको लक्ष्य


z