• २०८१ बैशाख ८ शनिबार

सन्दीप फर्किएको खेलमा मेलवर्नको लज्जाजनक हार 

kharibot

काठमाडौं । बिग बास लिगमा मेलबर्न स्टार्सले लज्जाजनक हार बेहोरेको छ । आज भएको खेलमा मेलवर्न ब्रिसबेन हिटसँग १० विकेटले पराजित भएको हो । मेलवर्नले दिएको १५७ रनको लक्ष्य पछाएको ब्रिसबेनले कुनै विकेट नगुमाई १० ओभरमा लक्ष्य पुरा गरेको थियो ।

ब्रिसबेनका लागि ओपनर बेन कटिंगले ३० बलमा ८१ रन बनाएका थिए भने अर्का ओपनर म्याक्स ब्रयान्टले ३० बलमा ७१ रन बनाएका थिए ।

मेलवर्नका बलरहरु निकै महँगो साबित भएका थिए । यसै खेलबाट टिममा फर्किएका सन्दीप लामिछानेले २ ओभर बलिङ गर्दै २८ रन दिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मेलवर्नले २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो । मेलवर्नका लागि मार्कोस इस्टोइनिसले सर्वाधिक ८१ रन बनाएका थिए । त्यस्तै डावने ब्राभोले २१ रन बनाएका थिए ।

बिग बास लिगमा मेलवर्न अझै एक खेल खेल्न बाँकी रहेको छ । अहिले १३ खेलमा १२ अंकसहित पाँचौ स्थानमा रहेपनि अन्तिम खेल जितेमा मेलवर्न सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ । ब्रिसबेनको भने १४ खेलमा १३ अंक रहेको छ र लिगको चौथो स्थानमा रहेको छ ।

बिगबास लिगमा होबार्ट हुरीक्यान, सिड्नी सिक्सर्स र मेलवर्न रेनेगाडस सेमिफाइनलमा पुगी सकेका छन् । मेलवर्नले अब फेब्रुअरी १० मा लिग चरणको अन्तिम खेल सिड्नी सिक्सर्ससँग खेल्ने छ ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै