• २०८१ बैशाख १३ बिहीबार

भारतीय ट्रकका कारण नेपाली ट्रक व्यवसायी टाट पल्टिदै

kharibot

बारा । भारतीय मालवाहक ट्रकको निर्वाध नेपाल प्रवेशले नेपाली ट्रक व्यवसायी संकटमा पर्न थालेको व्यवसायीहरुले गुनाँसो गरेका छन् । 

भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिने सबै प्रकारका वस्तु भारतीय ट्रकले नैं नेपाल भर ढुवानी गर्न थाले पछि नेपाली ट्रक काम विहिन हुँदा व्यवसाय नै संकटमा परेको ट्रक व्यवसायीहरुले गुनाँसो गरेका हुँन् ।

भारतीय सवारी साधनलाई नेपाल सरकारले ७२ घण्टे लागू गरे पछि निर्वाध रुपमा देश व्यापी सामग्री ढुवानी गर्न थाले पछि यस्तो समस्या सुरु भएको ट्रक व्यवसायीहरु बताउँ छन् ।

भारतीय ट्रकले नेपालमा सामान ल्याउँदा नेपाली भन्सार देखि १७ किलोमिटर सम्म मात्र ढु्वानी गर्न पाउँने पारवहन सम्झौतामा उल्लेख भए पनि उक्त नियम विप्पा सम्झौता पछि समाप्त भई ७२ घण्टे लागू गर्दा व्यवसायीहरु टाट पल्टिने अवस्था आएको तराई यातायात व्यवसायी संघका अध्यक्ष ओम्कृष्ण कार्कीले बताए । 

भारतीय ट्रकले नेपाल भर ढुवानी गर्न थाले पछि हाम्रो ट्रकले बोक्ने सामान अभाव हुँदै जाँदा व्यवसाय नंै संकटमा पर्न सुरु गरेको छ ,’ अध्यक्ष कार्कीले भने , ‘यसको सोझो असर व्यवसायी साथै बैंक तथा वित्तीय संस्था मार्फत देशलाई नैं पनि परिरहेको छ ।’

राज्यले यातायात व्यवसायीलाई हेर्ने नजर परिवर्तन नभए सम्म यातायात क्षेत्रको विकास नहुने र खास गरी भारवहन सवारीको हकमा निर्धारण गरेको भाडादर समेत कायम हुँन नसक्दा नेपाली व्यवसायीहरु टाट पल्टिने अवस्था आउँन लागेको संघका महासचिव शंकर कुमार विष्टले बताए । 

महासचिव विष्टले भने , ‘हामी भारतीय ट्रकसँग तुलनात्मक रुपमा कमजोर छौं कसरी प्रतिस्पर्धा गर्ने , कि राज्यले हामीलाई पनि भारतीय ट्रक किन्न भन्नु पर्यो होईन भने भारतीय गाडी नियन्त्रणमा पहल गर्नु पर्यो’ । 

तराई यातायात व्यवसायी संघको भेलामा उपस्थित अधिकांश व्यवसायीहरुले भारतीय गाडी नियन्त्रण गर्नु पर्ने, नेपालमा उत्पादित सामाग्रीहरु भारतीय गाडिले बोक्न प्रतिवन्ध लगाउँनु पर्ने जस्ता कुरामा जोड दिएका थिए । 

संघले राज्यले निर्धारण गरेको भाडादर कायम गराउँन , भारतीय ट्रकको निर्वाध आवत जावत नियन्त्रण गर्न भन्दै व्यवसायीहरुको राय सुझाव संकलनका लागि भेला बोलाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै