• २०८१ बैशाख ८ शनिबार

ब्राजिलमा आगोमा परेर १० युवा फुटबल खेलाडीको मृत्यु

kharibot

रियो दि जेनेरियो । ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ ।

क्लबको खेलाडी बस्ने क्वाटरमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । 

मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन् । उनीहरू क्लबको एकेडेमीमा रहेर प्रशिक्षण गर्न आएका युवा खेलाडीको मृत्यु भएको स्थानीय टीभी ग्लोबोले जनाएको छ । 

रियोको भर्गेम ग्राण्ड जिल्लामा रहेको अत्याधुनिक प्रशिक्षणस्थलमा स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो ।

फ्लामेङ्गो फुटबल क्लब ब्राजिलमा ४० लाख भन्दा बढी फ्यान भएको क्लब भएको बताइएको छ । यस क्लबबाट ब्राजिलका चर्चित खेलाडी जिको, एन्ड्रीयानो र अहिले रियल म्याड्रिडबाट खेलिरहेका भिनिसियास जुनियर जस्ता खेलाडी रहेका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै