• २०८१ बैशाख ७ शुक्रबार

हिमपातले कर्णालीमा पानीको बहाव घट्यो

kharibot

फाइल तस्बीर

हुम्ला । लगातार हिमपात भएपछि जिल्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिकाको तुम्कोटस्थित कर्णाली नदीमा पानीको बहाव घटेको छ । 

नाम्खा गाउँपालिका– ६ लिमीबाट कर्णालीमा पानीको बहाव घटेको प्रहरी नायब उपरीक्षक रबिनकुमार श्रेष्ठले जानकारी दिए ।

“के कति कारणले पानीको बहाव घटेको हो, कुनै जानकारी छैन”, उनले भने । उनले यसबारे मुचु–६ तुम्कोटस्थित प्रहरी चौकीमा कार्यरत प्रहरीसँग जानकारी लिने काम भइरहेको बताए । “बाक्लो हिमपातका कारण पानीको बहाव घटेको हुनसक्छ”, श्रेष्ठले भने । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै