गजल 

खरीबोट

ओठ हसाई रहन्छ यी आँखा रसाई रहन्छ 
खै कुन बाटो भएर तिम्रो याद आइरहन्छ !

यो छातीपनि बसपार्क जस्तो भएको छ 
आउँछ,जान्छ  तिम्रो याद दुखाइ रहन्छ !!

म एक चिता भएको छु,लास भएको छु
आगो बनेर आफ्नोमान्छे जलाई रहन्छ !

म मरेछु भने खाडीमा,सबले बिर्सने छन
आमालाई मात्रै मेरो यादले सताई रहन्छ

अस्ति भर्खर एउटी चेली बलात्कार भईन
यो देशले किन अपराधीलाई बचाइ हरन्छ !

सुनिल जलन
दुनपा-१सिन्धुली
 

सम्बन्धित समाचार

गजल 

अरु आउन या नआउन त्यहाँ तिमि आउनुपर्छ  मारेर मात्रै हुँदैन मलाई तिमिलेनै जलाउनुपर्छ! बिदेश जानुअघि कहिले सोच्दैनन जानेहरुपनि  कुनैदिन आफैंलाई रातो बाकसमा पठाउनुपर्छ मेरो बस्तीमा राजधानीको खबर पुग्नमात्रैपनि कि बौलाउनुपर्छ म सहरमा कि हराउनुपर्छ!!! यी नानीहरुलाई

काव्य-मुशायरामा सुनिए कवि अमृता स्मृति र गजलकार बरुण रिजाल

काठमाडौं । काव्य-मुशायराकाे १५ औँ श्रृंखलामा कवि अमृता स्मृति र ग़ज़लकार बरुण रिजालले आ-आफ्ना रचना वाचन गरेका छन् । कुन्ज नाटकघरमा आयोजित कार्यक्रममा पछिल्लो समय लोकप्रिय रहेकी कवि अमृता स्मृतिले

गजल

गाउँलाई शहरको जस्तो तडकभडक आएन ।  गाउँभरि बाटो आयो सरकार सडक आएन। बिरामी बालाई औषधी ले'र आउँछु भन्थ्यो, कहाँ पुग्यो कहाँ फर्केर अझै बालक आएन। जुन दिनदेखि मेरो गाउँमा मोटरबाटो खनियो, त्यहि दिनबाट  मोटर आएन

गजल 

मलाई सधैं तिरस्कार किन दिनुहुन्छ?  एकदिन हैन लगातार किन दिनुहुन्छ? खुट्टा नहुनेहरुलाई बैसाखी दिने हो मलाई जुत्ता उपहार किन दिनुहुन्छ? त्यहाँ बा हराएको सूचना छापिएको छ मेरि आमालाई अखबार किन दिनुहुन्छ? आउनुस बरु यी आँखा लिएर


z