• २०८१ बैशाख १४ शुक्रबार

पोर्चुगलका १९ बर्षिय फेलिक्सको खेल हेर्न दर्शक बने रोनाल्डो  

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो केहि दिन अघि पोर्चुगल लिगको एक खेल हेर्न लिस्बनमा देखिए । मिडियाले आफ्नो छुट्टीको सदुपयोग गर्न रोनाल्डो त्यँहा गएको उल्लेख गरेपनि रोनाल्डो पोर्चुगल कै १९ बर्षिय सेन्सेसनल खेलाडी जोआओ फेलिक्सको खेल हेर्न पुगेको खुलासा भएको छ ।

पोर्चुगलका १९ बर्षिय फेलिक्स अहिले विश्व फुटबलमा अर्को सुपरस्टारको रुपमा हेरिएको छ । विश्वका चर्चित क्लब म्यानचेस्टर युनाइटेड, पिएसजी, रियल म्याड्रिड जस्ता क्लबले उनको खेललाई नजिकबाट हेरिरहेका छन् र आ-आफ्नो क्लबमा भित्राउने प्रयास गरिरहेका छन् ।

हाल पोर्चुगलको बेनिफिकाबाट खेलिरहेका फेलिक्सले आइतबार प्रोफेसनल फुटबलमा एक हजार मिनेट पुरा गरेका छन् । अहिलेसम्म फेलिक्सले ८ गोल र ३ गोल असिस्ट गरेका छन् ।
स्पोर्टिंगसँग भएको सो खेलमा फेलिक्सले ४५ हजार दर्शकमा उनलाई हेर्न विश्व फुटबलका सुपरस्टार रोनाल्डो पनि उपस्थित थिए । खेल बेनिफिकाले २-१ ले जितेको सो खेलमा फेलिक्सले गोल नगरेपनि उनको खेलले रोनाल्डोलाई प्रभावित गरेको बताइएको छ ।

प्रोफेसनल फुटबलको पहिलो एक हजार मिनेटको खेलमा रोनाल्डोले केवल ३ गोल र एक असिस्ट गरेका थिए । यहि समयको रेकर्ड हेर्दा यो नेइमार र एम्बाप्पेको भन्दा पनि फेलिक्सको रेकर्ड राम्रो देखिन्छ । पहिलो एक हजार मिनेटको खेलमा नेइमारले ४ गोल र २ असिस्ट गरेका थिए भने एम्बाप्पेले ४ गोल र ६ असिस्ट गरेका थिए ।

यस समयमा लियोनेल मेसीको रेकर्ड मात्र राम्रो देखिएको छ । मेसीले आफ्नो प्रोफेसनल फुटबलको पहिलो एक हजार मिनेट खेल्दा १३ गोल र ८ असिस्ट गरेका थिए ।

फेलिक्सले ८ बर्षको उमेर देखि पोर्टोमा खेल्न र प्रशिक्षण गर्न थालेका थिए । सो समयमा फेलिक्स अन्य बच्चा भन्दा अलि ढिलो थिए । त्यसैले उनलाई क्लबमा प्राथमिकता नदिएकी उनकी आमाले बताएकी छन् । उनलाई पोर्टोमा ७ बर्षपछि २०१४ मा रिलिज गरिएको थियो । जुन क्लबको अहिले आएर सबै भन्दा ठुलो गल्ति भएको देखिएको छ ।

त्यसपछि फेलिक्स बेनिफिकामा आएका थिए । बेनिफिकामा आएपछि फेलिक्समा निकै सुधार आएको बताइन्छ । यसै बिचमा उनी पोर्चुगलको दोस्रो डिभिजन लिगमा खेल्ने र गोल गर्ने अहिलेसम्म कै युवा खेलाडी बने । 

गत बर्ष पोर्चुगलले अन्डर १९ को युरोपियन च्याम्पियनसिपमा टिममा नपरेका फेलिक्सले सोहि समयमा बेनिफिकाको सिनियर टिमसँग प्रशिक्षण गर्ने मौका पाए ।

गत अगस्ट १८ मा फेलिक्सलाई लिगको विजयी खेल खेल्न २ मिनेट मैदानमा जाने अवसर समेत दिइएको थियो । सोहि साता फेलिक्सलाई बेनिफिकाले च्याम्पियन्स लिगको प्लेअफ खेलका लागि पिएओकेविरुद्ध खेल्ने मौका पाए । त्यस्तै स्पोर्टिंग विरुद्ध ८६ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

त्यसपछि बेनिफिकाको सिनियर टिममा फेलिक्स नियमित परेका छन् । उनले अहिलेसम्म ८ गोल गरेका छन् । उनलाई रुइ कोष्टा र जिनेदिन जिदानको जस्तो क्रिएटिभ कला भएको खेलाडीको रुपमा अहिले देखि नै हेरिएको छ ।

फेलिक्सले आफु रोनाल्डोसँग खेल्ने इच्छा रहेको बताएका छन् । रोनाल्डो आफ्नो आइडल रहेको भन्दै फेलिक्सले आफु उनीसँग खेल्न र ट्रेनिंग गर्न चाहेको बताएका छन् ।

अहिले पिएसजी, म्यान्चेस्टर युनाइटेड र रियल म्याड्रिडले उनलाई टार्गेट गरेका छन् भने बेनिफिकाले उनको मुल्य १२० मिलियन युरो राखेको बताइएको छ ।

क्लब तहमा जँहाबाट खेले पनि रोनाल्डोसँग राष्ट्रिय टिममा खेल्न आफु आतुर रहेको उनले बताएका छन् । उनले जसरी प्रोफेसनल फुटबलको सुरुवात गरेका छन् त्यसै गरि आफ्नो प्रदर्शन जारी राखे विश्व फुटबलले नयाँ रोनाल्डो र मेसी पाउने देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै