• २०८१ बैशाख ८ शनिबार

राष्ट्रिय क्रिकेट खेलाडीको तलब आयो, २२ खेलाडीले २ बर्षको तलब पाउने 

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुले दुई वर्षदेखि रोकिएको मासिक तलब पाउने भएका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले राष्ट्रिय खेलकुद परिषदको स्टान्डर्ड चार्टड बैंकको खातामा नेपाली राष्ट्रिय टोलीको दुई वर्षको तलब बराबार झन्डै एक करोड ८८ लाख जम्मा गरिदिएपछि उनीहरुको दुई बर्षदेखी रोकिएको तलब पाउने भएका हुन् ।

कुल २२ राष्ट्रिय खेलाडीहरुलाई तीन श्रेणीमा वर्गीकरण गरिएको थियो । जस अनुसार २२ खेलाडीले दुई वर्षको तलब पाउने छन् ।

खेलाडी तथा परिषद्को आग्रहपछि आइसिसी तलब दिनका लागि राजी भएको हो । ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३५, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु २५ र सी श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाउनेछन् । 

त्यसमध्ये ‘ए’ श्रेणीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, र दीपेन्द्रसिंह ऐरी रहेका छन् । श्रेणी ‘बी’ मा रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह र शक्ति गौचन रहेका छन् । श्रेणी ‘सी’ मा सुशन भारी, किशोर महतो, सुवास खकुरेल, सागर पुन, दिलीपनाथ, सुनील धमला र विनोद भण्डारी रहेका छन् । 

‘ए’ श्रेणीका खेलाडीले पछिल्लो दुई वर्षको एकमुष्ट रु आठ लाख ४० हजार, ‘बी’ श्रेणीका खेलाडीले रु छ लाख र ‘सी’ श्रेणीका खेलाडीले रु तीन लाख ६० हजार प्राप्त गर्नेछन्। 

आइसिसीको निलम्बनमा पर्नु अघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन सुरू गरेको थियो। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै