• २०८१ बैशाख १४ शुक्रबार

म्यानचेस्टर युनाइटेडको जितमा पोग्वाको दुई गोल, चौथो स्थानमा उक्लियो

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले फूलह्यामलाई पराजित गर्दै लिगको चौथो स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा युनाइटेडले फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा पाउल पोग्वाले २ गोल गरे भने एन्टोनी मार्सियलले एक गोल गरेका थिए ।

खेलको १४औ मिनेटमा पोग्वाले गोल गर्दै युनाइटेडले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको २३औ मिनेटमा मार्सियलले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । पहिलो हाफमा २-० को अग्रता लिएको युनाइटेडले खेलको ६५औ मिनेटमा पाएको पेनाल्टीलाई पोग्वाले गोलमा परिणत गरेपछि युनाइटेडले खेल ३-० ले जितेको थियो ।

जितपछि युनाइटेडले चेल्सीलाई उछिन्दै लिगको चौथो स्थानमा उक्लिएको छ । युनाइटेडको २६ खेलमा ५१ अंक भएको छ । यद्यपी चेल्सी युनाइटेडभन्दा एक खेल कम खेल्दै २५ खेलमा ५० अंकका साथ पाचौ स्थानमा पुगेको छ । चेल्सी आइतबार लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग खेल्दै छ ।
 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै