• २०८१ बैशाख ७ शुक्रबार

जितपछि लिभरपुल शिर्ष स्थानमा उक्लियो 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले बोर्नमाउथलाई पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा लिभरपुलले बोर्नमाउथलाई ३-० गोल अन्तरले पराजित पराजित गरेको हो । लिभरपुलको जितमा साडियो माने, जर्जिन्हो विजनाल्डम र मोहमद सलाहले एक एक गोल गरेका थिए । 

सलाहले लिभरपुलका लागि यस सिजनमा २० गोल गरेका छन् । उनले लगातार दोस्रो सिजनमा लिभरपुलका २० गोल गरेका छन् ।  

लिभरपुलले पहिलो हाफमा २-० गोलको अग्रता लिएको थियो भने दोस्रो हाफको सुरुमै एक गोल गरेको थियो ।

जितसँगै लिभरपुल २६ खेलमा ६५ अंक हासिल गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर सिटी भने २६ खेलमा ६२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

लिभरपुलले अब अर्को खेल फेब्रुअरी २४ मा म्यानचेस्टर युनाइटेडसँग खेल्ने छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै