• २०८१ बैशाख ८ शनिबार

त्रिविमा तीन दिने ‘विन्टर लेक्चर सिरिज इन नेचुरल साइन्सेस’ आजदेखि 

kharibot

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, भौतिक शास्त्र केन्द्रीय बिभाग कीर्तीपुरमा आजदेखि विन्टर लेक्चर सिरिज इन् नेचुरल साइन्सेस : टेक्निक एण्ड फिलोसोफी इन् फिजिकल साइन्सेस’ नामक तिन दिने कार्यक्रम हुन् लागेको छ । नेपाल कै ईतिहासमा नौलो मानिएको यस कार्यक्रम सरस्वति पुजाको अवसर पारेर गर्न लागिएको आयोजकले जानकारी दिएका छन् ।

यस कार्यक्रमको आयोजना त्रिभुवन विश्वविद्यालय, भौतिक शास्त्र केन्द्रीय बिभाग र रसायन शास्त्र केन्द्रिय बिभागको सह-आयोजना र त्रिभुवन विश्वविद्यालय ,ब्यवहारिक बिज्ञान तथा प्रबिधि अनुसन्धान केन्द्र (रिकाष्ट), नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालय, नेपाल बिज्ञान तथा प्रबिधी प्रज्ञा प्रतिष्ठान (नास्ट), नेपाल भौतिक बिज्ञान समाज र नेपाल केमिकल सोसाईटीले संयुक्तरूपमा गर्दै छन् । 

माघ २९ गतेसम्म चल्ने यो कार्यक्रमले विज्ञान अध्ययन गरिरहेका विद्यार्थीहरूमा बिज्ञानको इतिहास, विकास, औचित्य र सामस्याको बारेमा थाहा पाउन मद्दत गर्ने बताइएको छ । यस कार्यक्रममा धेरै स्रोत कृतिहरु प्रकाशन गर्नुभएका र विभिन्न सम्मानजनक शोध वजेटहरु प्राप्त गर्नुभएका वैज्ञानिकले लेखनकलाको बारेमा प्रवचन दिने छन् ।

स्नातक,स्नाकोत्तर तथा विद्यावारिधि गरिरहेका विद्यार्थीलाई लक्षित गरेर गरिएको यस कार्यक्रममा उनीहरुले प्राकृतिक विज्ञानको उत्पत्तिको वारेमा आधारभूत शिक्षा, पूर्विय दर्शनमा विज्ञानको स्थान, वैज्ञानिक कृति लेखनको तरिका तथा आवश्यक सामग्रीहरू, प्रमात्रा यान्त्रिकी र सन्तुलनको आधारभूत ज्ञान वारे लाभ लिने आयोजकको विश्वास रहेको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै