• २०८१ बैशाख १३ बिहीबार

मेलवर्न स्टार्स सेमिफाइनलमा, सन्दीपको उत्कृष्ट प्रदर्शन 

kharibot

काठमाडौँ । बिग बास लिगअन्तर्गत सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्स सेमिफाइनलमा पुगेको छ । आज भएको लिग चरणको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गर्दै प्रतियोगितको सेमिफाइनलमा पुगेको हो ।

मेलवर्नले दिएको १६९ रन पछाएको सिड्नी १३.४ ओभरमा ७४ रन बनाएर अलआउट भएको थियो ।

सिड्नीका लागि डेनियल ह्युजले १२ र टम कुरानले १० रन बनाएका थिए । अन्य व्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

नेपाली बलर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३.४ ओभरमा ११ रन दिएर ३ विकेट लिएका थिए । सन्दीपले यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीपले एक रनआउट गरे भने एक क्याच समेत लिएका थिए । सन्दीपले यो सँगै बिग बास लिगमा ६ खेलमा ११ विकेट लिएका छन् । 

मेलवर्नका लागि एडम जाम्पा र डेनियल वेओरेलले २-२ विकेट लिएका थिए भने कप्तान ग्यालेन म्याक्सवेल र ज्याक्सन बर्डले एक विकेट लिएका थिए ।     

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मेलवर्नले कप्तान ग्यालेन म्याक्स वेलको तुफानी ८२ रनको मद्धतले २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन बनाएको छ ।

कप्तान म्याक्स वेलले ४३ बलमा ८२ रन अविजित बनाउदै सिड्नीलाई राम्रो लक्ष्य दिन सफल भएका थिए । त्यस्तै मेलवर्नका मार्कोस स्टोइनिसले ३४ रन बनाए भने ह्यान्ड्सकबले ३५ रन बनाएका थिए ।

सिड्नीका टम कुरानले २ विकेट लिए । 

मेलवर्न १४ खेलमा ७ खेलमा जित र ७ मा हार बेहोर्दै १४ अंक बटुलेर लिगको चौथो स्थानमा रहदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । बिग बासको सेमिफाइनल अब मेलवर्नले होबर्ट हुरिक्यानसँग फेब्रुअरी १४ मा खेल्ने छ भने दोस्रो सेमिफाइनल सिडनी सिक्सर्स र मेलवर्न रेनेगेडजबीच हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै